आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

कविता: आउ जात समान बनाउने बिज्ञान पत्ता लगाउन

परदेशी खबर १५ आश्विन २०७४, आईतवार ०८:४३ मा प्रकाशित ( ६ साल अघि) २६२ पाठक संख्या

आउ जात समान बनाउने बिज्ञान पत्ता लगाउन 

ढुङ्गालाई छुन , मान्छे अपबित्र भै सके पछी
पबित्रको अर्थ संग त्यति बिश्वास लाग्दैन।
उसकै रुढीवादीको उपज त हो दलित र बोक्सी
त्यसैले त उसको न्यायसंग त्यति बिश्वास लाग्दैन।

बर्गमा बिचार नापिनु पर्ने हो , तर जात नाप्दैछौ
देशलाई श्राप लागेरै त होला, सबै हुँदा नि रित्तोछौ। किन ? बेसहारा , बुढी , बिधवा नै बोक्सीका आरोपित हुन्छन्
कसैले भिडभाट सुटुक्क भन्दियो, आफ्नो रुढीवादी ब्यापार बचाउनलाई सक्नु पर्यो नि त हुनेखाने र हट्टाकट्टा छुनलाई।

त्यो पुर्खा र यो पुस्ता अचम्म-अचम्मैमा बाँचिरहे
विश्व विकास सँगै बढ्दै , हामीलाई हेर्दै हाँसीरहे।
आणविकले राष्ट्रहरु कसरी सतहमा आउँछ? त्यो पछि बहस गरौंला
पहिले आउ जात समान बनाउने बिज्ञान पत्ता लगाउन।

युवक राई, उदयपुर

हाल कुवेत