आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

महाबुलामा संचालन भयो नमस्ते नेपाली रेष्टुरेण्ट

परदेशी खबर ११ आश्विन २०७४, बुधबार २१:४८ मा प्रकाशित ( ६ साल अघि) ४५१ पाठक संख्या

सेप्टेम्बर २८, कुवेत । कुवेतको महाबुलामा नेपाली रेष्टुरेण्ट हिजो देखी संचालन भएको छ । कुवेतमा बिभिन्न व्यवसाय गरी बसोवास गरीरहेका युवाहरुद्वारा स्थापना गरिएको नमस्ते नेपाली रेष्टुरेण्टको हिजो साँझ उद्घाटन भएको छ । प्रमुख अतिथि नेपाली राजदूतावासका प्रथम सचिव भोगेन्द्र लिङ्देनले रिबन र केक काटेर उद्घाटन गर्नुभएको रेष्टुरेण्टको उद्घाटन कार्यक्रममा नेपाली राजदूतावासका तृतीय सचिव सुरेश अधिकारी, सहचारी सेराज अहमद, एनआरएनए आईसीसी सदस्य अमित राई, एनआरएनए कुवेतका महासचिव हरी लावती लगायत बिभिन्न व्यक्तितहरुको उपस्थिति रहेको थियो ।

रेष्टुरेण्टमा बिभिन्न नेपाली परिकारहरु ढिंडो, सेलरोटी, अचार, सुकुटी चिउरा, म:म, थुक्पा, चाउमिन लगायत थाली, बिर्यानी, फ्राई राईस र अन्य थुप्रै परिकारहरु र बिभिन्न प्रकारका जुस लगायतका पेय पदार्थहरु सहितको सेवा उपलब्ध हुने छ ।

तीनजना जाँरिला युवाहरु मोहन राई (जो द एभरेष्ट फूड कर्नर मालियाका संचालक हुन्), युवराज लिम्बू र बिजय लिम्बू तीनजनाको संयुक्त लगानिमा खोलिएको मोहन राईले जानकारी दिएका छन् ।

माहाबुलाको ब्लक २, स्ट्रि नं. २३८ मा रहेको नमस्ते नेपाली रेष्टुरेण्ट नेपालीहरु खेल्ने भलिबल ग्राउण्ड देखी नजिकै रहेको छ । रेष्टुरेण्टल् अर्को हप्ता देखी होम डेलिभरीको समेत व्यवस्था रहने छ । होम डेलिभरीको लागि फोन नम्बर ९८५७३९१८ मा ईमो, वाट्स एप र भाईबर मार्फत सम्पर्क गरेर खाना अर्डर गर्न सकिने छ ।