आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

साढे ४ करोड भोट पाएका पोखराका बुद्ध लामा भए पहिलो नेपाल आइडल  

परदेशी खबर ६ आश्विन २०७४, शुक्रबार २०:३७ मा प्रकाशित ( ६ साल अघि) २१६ पाठक संख्या

सेप्टेम्बर २२ , पोखराका बुद्ध लामा एपीवान टेलिभिजनबाट प्रशारित ‘नेपाल आइडल’को विजेता भएका छन्।

कतारको दोहामा भएको ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट पाएर लामा पहिलो नेपाल आइडल भएका हुन्।

दोहाको ओमसलाल अल सानिम ईण्ड्रस्ट्रिय एरिया ग्राण्डमलको एम्पीथिएटर हलमा भएको कार्यक्रमा मोरङका निशान भट्टराई फस्ट रनरअप र ललितपुरका प्रताप दास सेकेन्ड रनरअप भएका छन्।

आइडलका विजेताले २० लाख रुपैयाँ, महिन्द्रा केयूभी १०० गाडी र १५ लाख रुपैयाँको एल्बम कन्ट्र्याक प्राप्त गर्नेछन्। यस्तै दोस्रो हुनेले १५ लाख रुपैयाँ पुरस्कार रहेको छ। यस्तै आइडलको तेस्रो स्थानमा हुने प्रतियोगीले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

एपिवान टिभीका अनुसार उत्कृष्ट तीनबाट विजेता छनोटका लागि ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ भोट प्राप्त भएको थियो। जसमध्ये ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गर्दै बुद्धले प्रतिष्ठाको पहिलो आवाज नेपाल आइडलको उपाधि जितेका हुन्।

यो जितसँगै उनले २० लाख रुपैयाँ, महिन्द्रा केयूभी १०० कार र १५ लाख रुपैयाँको एल्बम कन्ट्र्याक प्राप्त गरेका छन्। बुद्धलाई लोकप्रिय हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) ले पुरस्कार प्रदान गरे।

प्रतियोगितामा उर्लाबारी मोरङका निशान भट्टराई फस्ट रनरअप घोषित भए। उनले ३ करोड ५० लाख ८६ हजार २ सय २३ भोट प्राप्त गरे भने झरुवारासी ललितपुरका प्रताप दासले १ करोड ३२ लाख ५१ हजार ८ सय ४९ भोट पाएका थिए।

फस्ट रनरअप निशानले १५ लाख रुपैयाँ र सेकेन्ड रनरअप प्रतापले १० लाख रुपैयाँ पुरस्कार हात पारे।

ग्राण्ड फिनालेमा बुद्ध, निशान, प्रतापसहित १२ प्रतिस्पर्धीहरु (सागर आले, सुरज थापा, सुजाता पाण्डे, सन्ध्या जोशी, उल्सन श्रेष्ठ, प्रमिला राई, राहुल विश्वास, मेनुका पौडेल, केञ्जलमेहर श्रेष्ठको दमदार प्रस्तुति दिएका थिए ।

सेतोपाटीको डटकमको सहयोगमा