कुवेतमा सङ्घीय समाजवादी फोरम नेपालको भातृ संगठन नेफेसो गठन

परदेशी खबर/ २२ सेप्टेम्बर, कुवेत। कुवेतमा सङ्घीय समाजवादी फोरम नेपाल प्रति आस्थावान नेपालीहरुले भातृसंगठन नेपाल सङ्घीय समाज कुवेत गठन गरेको छन् ।

तेस्रो चरणको स्थानीय चुनावमा प्रदेश नम्बर दुईबाट राम्रो नतिजा बटुलिरहेको अवस्थामा कुवेतमा रहेका पार्टी प्रति आस्थावन नेपालीहरुको भेलाले संगठन बिस्तार गर्दै नेपाल सङ्घीय समाज कुवेत गठन गरेको हो ।

कुवेतको महाबुल्लामा बसेको बैठकले सर्वसम्मतिबाट नैनाकला राईको संयोजकत्वमा २१ तारिखका दिन प्रकाश चाम्लिङ राईको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको छ।
गत अगष्ट महिनाको ११ तारिकका दिन आदिवासी जनजाती महासंघ कुवेतले आयोजना गरिएको २३ औं आदिवासी दिवसको अवसरमा प्रमुख अतिथिको रुपमा आउनु भएको प्रखर वक्त तथा सङ्घीय समाजवादी फोरम नेपालको विदेश विभाग प्रमुख आङ काजी शेर्पाको समुउपस्तिथिमा कार्यक्रम सम्पन्न भएपछि थोरै रहेको समयलाई सदुपयोग गर्दै सङ्घीय समाजवादी फोरम नेपाल प्रति आस्थावान नेपालीहरुको भेलाको समयमा नैनाकला राईको संयोजकत्वमा नौ सदस्यीय समिती गठन गरिएको थियो।

सेप्टेम्बर २१ तारीखको बैठकले समय उपलब्ध गराईदिनु हुने आयोजक आदिवासी जनजाती महासंघ कुवेत प्रति धन्यवाद प्रकट गर्दै आउने दिनहरूमा पनि यस्तै सहयोगको आशा राखेको छ। सो अवसरमा नैनाकला राईको संयोजकत्वमा नौ सदस्यीय तदर्थ समिति गठन गरिएको थियो भने हाल आएर सम्पुर्ण कार्यबिभाजन गरि नयाँ नेतृत्वमा पुर्णता दिएको छ।

साथै कुवेतमा रहेका सङ्घीय समाजवादी फोरम नेपाल प्रति आस्थावान तथा समावेशी रुपमा एकीकृत भईउत्पीडित पिछडिएका समुदायको समान अधिकारलाई सुनिश्चित गर्नको लागि यो पार्टी प्रति सम्पुर्ण आस्थावान कुवेतवासी नेपालीहरुलाई नेपाली सङ्घीय समाजमा आवद्ध हुन आह्वान गरेको छ ।

कार्यसमितिका नामावलीहरु

१) अध्यक्ष :- प्रकाश चाम्लिङ
२) उपाध्यक्ष :- गुणबहादुर सुनुवार
३ )महासचिव :- लोक याम्फू खकुरा
४) सचीव :-आङकाजी शेर्पा (आकाश)
५ )सह-सचीव :- सोम थापा मगर
६ )कोषाध्यक्ष :- मोहन नाछ्रीङ राई

सदस्यहरु
७ ) हेम कुमार सुनुवार
८) मानासराम राई
९) सिंहमान तामाङ
१०) सुकबहादुर गुरुङ
११) दशरथ राई
१२) मीन चाम्लिङ
१३) उमेश राई
१४) प्रमोद कुमार चौधरी
१५) युवराज चाम्लिङ

बरिष्ठ सल्लाहकार 
नैनाकला राई
सल्लाहकार
यामबहादुर सुनुवार
राजकुमार राई






Related Posts
  • कुवेत सरकारले गर्‍यो एम्नेष्टी अर्थात आममाफीको अवधि अप्रिल २२ सम्म थप
  • यस्तो छ एमाले-माओवादीबीच भएको सातबुँदे सहमति
  • भलिबल र बास्केटबल दुवैमा खेलमा महेन्द्र बहुमुखी क्याम्पस फाईनलमा भलिबल र बास्केटबल दुवैमा खेलमा महेन्द्र बहुमुखी क्याम्पस फाईनलमा
  • प्रदेश सरकारका पहिलो निर्णय: ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर’
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेत सरकारले गर्‍यो एम्नेष्टी अर्थात आममाफीको अवधि अप्रिल २२ सम्म थप

    यस्तो छ एमाले-माओवादीबीच भएको सातबुँदे सहमति

    भलिबल र बास्केटबल दुवैमा खेलमा महेन्द्र बहुमुखी क्याम्पस फाईनलमा

    बिजनेष

    आममाफी खुलेको १३औं दिन सम्ममा ३६ बालबालिका सहित २ हजार ३५५ जनाले अनुमति पत्र लिए

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस