आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

काठमाडौं बाहिर तीन ठाउँबाट विदेश जानेलाई श्रम स्वीकृति दिइने, पुनः श्रमस्वीकृति दूतावासले दिने

परदेशी खबर २३ बैशाख २०७४, शनिबार ०६:१८ मा प्रकाशित ( ६ साल अघि) १८८ पाठक संख्या

 

मे ६, काठमाडौं । सरकारले काठमाडौं उपत्यका बाहिर तीन ठाउँमा वैदेशिक रोजगार विभागको सेवा केन्द्र खोल्ने तयारी गरेको छ।

धनुषा जिल्लाको ढल्केबर वा आसपासका स्थान, कास्कीको पोखरा वा रुपन्देही जिल्लाको बुटवलमध्ये एक स्थान र बाँकेको नेपालगञ्जमा विभागले सेवा केन्द्र खोल्न लागेकाे हाे।

धेरै संख्यामा वैदेशिक रोजगारीमा जाने क्षेत्र र विदेश जानेहरुलाई पायक पर्ने स्थानहरुमा विभागको सेवा केन्द्र खोल्ने तयारी गरिएको हो । आउँदो साउन महिनादेखी सञ्चालनमा अाउने गरी सेवा केन्द्रहरु स्थापना गर्ने तयारी भइरहेको विभागका महानिर्देशक विश्वराज पाण्डले जानकारी दिनुभयो।

दूतावासबाटै पुनः श्रमस्वीकृति

त्यसैगरी, विदेशमा कार्यरत कामदारले नेपाली कामदारले आउँदो साउन महिनादेखि दूतावासबाटै पुनः श्रमस्वीकृति गर्न पाउने भएका छन्।

‘विदेशस्थित नेपाली नियोगहरुले पुनः श्रमस्वीकृति दिन सकिन्छ भनेका छन् । उहाँहरुकै सुझावका आधारमा नयाँ आर्थिक वर्षदेखि दूतावासहरुबाटै पुनः श्रमस्वीकृति दिने तयारी गरिरहेका छौं’ महानिर्देशक पाण्डेले भन्नुभयो।

अहिले काठमाडौंको ताहाचलमा रहेको वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयले नयाँ र पुनः श्रमस्वीकृति दिइरहेको छ।

विभागले तीन ठाउँमा सेवा केन्द्र खोलेपछि भने विदेश जाने कामदारले त्यहीबाट सेवा लिन सक्नेछन् । त्यस्तै, बिदामा नेपाल आउने कामदारले काठमाडौंमा पुनः श्रम स्वीकृति लिनु पर्दैन् । उनीहरुले गन्तव्य मुलुकमा रहेको नेपाली दूतावासबाटै पुनः श्रमस्वीकृति लिन सक्नेछन्। साभार: उज्यालो अनलाईन