आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

कविता ==“मजदुर दिवस´´

परदेशी खबर १८ बैशाख २०७४, सोमबार ०४:३२ मा प्रकाशित ( ६ साल अघि) १५२७ पाठक संख्या

रमेश रसिक

 

 

 

 

 

चुडिएका चप्पललाई
आफैं डाक्टर बन्दै
बा ले एकै दिनमा
दश चोटी अप्रेशन गर्नु भो

त्यसमै बोकाइरहनु भो
ऊ त्यो बोराको लगभग
आफू भन्दा दोब्बर ओजनदार
जिन्दगीको भारी….।।

आज
हो आज पनि
उस्तै हालत उही दैनिकी
अनि मैलें सोधें,
`ए बा!
खै तिमीलाई मजदुर दिवस आएन?´

बा
मौन
केही बेर मौन हुनुभो

बोल्नुभो,
`बाबु मैले मजदुर दिवस मनाएँ भने
तँ भोक दिवस मनाउन सक्छस्?´

 

 

 

 

 

रमेश रसिक
निजगढ