आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

संसद वैशाख २१ गतेसम्मका लागि स्थगित

परदेशी खबर १७ बैशाख २०७४, आईतवार ०७:०६ मा प्रकाशित ( ६ साल अघि) १६० पाठक संख्या

वैशाख १७, काठमाण्डौ l संविधान संशोधन विधेयक निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची एकाएक रद्द गर्दै संसदको बैठक पाँच दिनका लागि स्थगित भएको छ ।

आइतबारको बैठकमा पूर्वसांसद नथुनीसिंह दनुवारको निधनमा शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित भएको हो । सभामुख ओनसरी घर्तीमगरले सोसम्बन्धी प्रस्ताव प्रस्तुत गरेकी थिइन् । पूर्वसांसद दनुवारको ८८ वर्षका उमेरमा यही वैशाख १० गते उपचारका क्रममा निधन भएको थियो ।

नेपालका हरेक लोकतान्त्रिक आन्दोलनमा सक्रिय योद्धा, साहित्यकार एवम् समाजसेवी दनुवार २०४८ सालको आमनिर्वाचनमा सिरहा क्षेत्र नं २ बाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित थिए । पूर्वसांसद दनुवारको निधनप्रति बैठकमा एक मिनेट मौनधारणसमेत गरिएको थियो ।

संसद् लामो समय रोकिएसँगै स्थानीय तहको मनोनयन दर्ताअघि संशोधन विधेयक पारित नहुने भएको छ । संसद्को अर्को बैठक यही वैशाख २१ गते अपराह्न ३ बजे बस्नेछ । साभारःकान्तिपुर अनलाइनबाट