आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

किन गुमाउँदैछन प्रवासमा धेरैले अकालमा ज्यान ?

परदेशी खबर १३ बैशाख २०७४, बुधबार ०८:१४ मा प्रकाशित ( ६ साल अघि) २७७ पाठक संख्या

पुष्कर सिंह धामी
हुन त म कुनै विशेषज्ञ व्यक्ति होइन । तर पनि अाफ्ना अनुभव लिएर अाज हजुर हरुकहाँ अाउने जमर्को गरेको छु ।

हिजो नेपाली राजदूतावासबाट २०७३ साल भरिमा ज्यान गुमाउनेहरुको तथ्यांक परदेशी खबर मार्फत हेर्न पाएँ । १ वर्ष भित्र २७ जनाको यस पराई भूमिमा ईहलिला भएछ । परिवारको सुनौलो भविष्यको लागि आफ्नो हरेक चाहानाहरुलाई मारेर यस पराई भूमिमा आएकाहरुको जीवन यही समाप्त भएको पाउँदा जो कोही पनि दु:खी हुनु स्वाभाविक हो ।

यसरी पराई भूमिमा आफ्नो प्राण पखेरु त्याग्नेहरु दिन दिनै बृद्दि भईरहेको छ । यसबारे म पनि अति नै दु:खी छु । सोचें किन नेपालीहरुको प,यस पराई भूमिमा यसरी अकालमा ज्यान जान्छ ? किन उनिहरुको सपना अधुरो रहन्छ । यस बारेमा मैले पनि केही अनुसन्धान गरें र केही समस्याहरु निर्क्योल गरें । नेपालीहरुको अकालमा ज्यान जानुमा मुख्य यी तीनवटा कारण रहेको मेरो निश्कर्ष छ ।

१) हृदयघात २) दुर्घटना ३) अात्महत्या

१) हृदयघात – हृदयघात वा सुतेकै ठाउँमा निधन हुने अरु घटना भन्दा पत्ता लाउन यो घटना पत्ता लाउन धेरै गार्‍हो छ । र यसै कारण बढी नेपालीहरुले ज्यान गुमाईरहेका छन् । यस्तो घटना चिसो र गर्मी दुईटै मौसममा समान रुपले घट्ने गर्दछ । चिसो मौसममा सुत्ने समयमा हिटर चालुगरेर झ्याल ढोका थुनेर सुत्दा यस्तो घटना घट्न सक्छ । मदिराको सेवन लगायतका मुख्य कारणहरु हुन् । हिटर चालुगरेर सुत्दा अलि झ्याल खुला राख्ने गर्नु पर्दछ । यस्तै मदिरा सेवन बन्द गर्नु पर्दछ । धेरै पीर चिन्ता गरेर बस्नु स्वास्थ्यको लागि राम्रो होईन ।

गर्मी मौसममा प्राय जसो खाडी मुलुकमा यस्तो घटना धेरै घट्छ । तेसैले ड्युटीबाट वा बाहिरबाट आएपछी एक्कासी धेरै चिसो एसिमा बस्ने वा सुत्ने गर्दा ब्लड सर्कुलेसन बन्द हुने सम्भावना हुन्छ । त्यसकारण बाहिरबाट वा गर्मिबाट आएपछी एक्कासी धेरै चिसोमा बस्ने वा सुत्ने गर्नु हुन्न।
नियमित स्वास्थ परिक्षण, शारीरिक व्यायम, योगा र यदि औषधिहरुको सेवन गरिरहनुभएको भए नियमित रुपमा औषधिहरु सेवन गर्न भुल्नु हुन्न।

२) दुर्घटनामा : दुर्घटना चाहे सडक दुर्घटना होस् या कार्यक्षेत्रमा । यो धेरैजसो हाम्रो आफ्नै लापरवाहीले हुने गर्दछ । दुर्घटनाको कारण विदेशमा ज्यान गुमाउनेको संख्या धेरै छन् । यसकारण यस तर्फ हामी आफै सचेत हुन अति आवश्यक छ । पैदल यात्रा वा सडक पार गर्दा ध्यान दिनु पर्दछ । उक्त समयमा दायाँबायाँ राम्ररी हेरेर, टेलीफोनमा कुरा गरिरहेको छ भने एकछिन टेलीफोनबाट ध्यान सडकतिर केन्द्रित गरेर सडक पार गर्ने । अाफै ड्राइभिङ गर्दा सकभर टेलीफोनमा कुरा नगर्ने, आफ्नो गाडीको नियमित सर्भिसिङ र आवश्यक पार्टपुर्जा बद्ल्ने र सडकमा बाहेक अन्यत्र ध्यान नदिने ।र कार्यक्षेत्रमा पनि धेरैजसो आफ्नै लापरवाहीले यस्तो घटना घट्ने हुँदा लापरवाहीसँग काम नगर्ने, सेफ्टी नियम पालना गर्ने, मादक पदार्थ सेवन गरेर ड्युटीमा नजाने ।

३) अात्महत्या: आत्महत्या प्राय मानिसहरुले डिप्रेसनको कारण गर्दछन् । मानसिक तनाव बेरोजगारी, लागूऔषध, मदिरा सेवन, झुटो प्रेममा फस्नु , घरायसी समस्या आदि आत्महत्या गर्नुको मु्ख्य मुख्य कारणहरु हुन् । अनावश्यक कुराहरु मनमा लिने, घरतिरबाट पनि अनावश्य प्रेसर दिने, परदेशको कमाई सही सदुपयोग नगरीदिने, आदी कारणहरुले पनि मानिसहरुले आत्महत्या गर्ने गरेको पाईन्छ । तर आत्महत्या समस्याको समाधान होईन । आज समस्या पर्यो भन्दैमा यति अमुल्य ज्यानै फाल्नु कदापी उचित होईन भन्ने हामीले बुझ्नु जरुरी छ ।
सकारात्मक सोचहरुको विकास गर्ने, सकारात्मक सन्देश दिने फिल्महरु हेर्ने, पुस्तकहरु पढ्ने । त्यसबाट पाएको सकारात्मक शिक्षाहरुलाई व्यबहारमा लागु गर्ने । अरुले यति प्रगति गर्यो मैले केही गर्न सकिन भनेर कहिले पनि हिनतावोध नगर्ने ।
जीवन अमुल्य भएको कारण यो अमुल्य जीवनलाई त्यसै खेर फाल्नु हुन्न र आत्महत्या समस्याको समाधान होईन भन्ने मानसिकताको विकास भएपछी कुनैपनि व्यक्तिले आत्महत्या जस्तो गलत बाटोलाई रोज्दैनन् भन्ने मलाई विश्वास छ ।

अन्तमा माता तिर्थ औंसीको सबैमा शुभकामना ।
हाल कुवेत

प्रकाशित मिति : अप्रील २६, २०१७