कतारमा हक्कु पक्कु सार्वजनिक

निमा योन्जन/ २३ अप्रिल, दोहा। कबिराज काल्तान तामाङको कृति हक्कु पक्कु कतारमा पनि सार्बजनिक गरिएको छ। गत शुक्रबार नेपाल प्रबासी तामाङ समाज कतारको सातौं अधिबेशनको सु-अबसर पारेर होटल गल्फ होराइजनमा हक्कु पक्कु सार्बजनिक गरिएको हो । कृतिमा गाउँ घरमा तामाङ बालबालिकाहरुले गाउने मौलिक परम्परा झल्किने खाले बाल गितहरुलाई समेटेर त्यसलाई नेपाली भाषामा समेत उल्था गरिएको छ ।

मुलुकमा जातिय पहिचान दबिदै गएको स्थितिमा आम सचेत तामाङ युवाहरु हरेक तह तप्का बाट तामाङ भाषा, धर्म, कला, संस्कृती, परम्परा लगायतका तामाङ पहिचान र अस्थित्वको संरक्षण गर्नुको साथै त्यसलाई संबर्द्धन र प्रबर्द्धन गर्दै लानु पर्ने अबस्था आएको हुँदा काल्तानले बाल गित बाट हरेक तामाङ जन समुदायमा सचेत गराउँदै अझ भन्नुपर्दा विशेष गरि बचपन देखि नै आफ्नो मातृभाषा प्रतीको आकर्षण रहोस भन्ने उदेश्यले बाल गित “हक्कु पक्कु”(बाल गित संग्रह २०७३) लेख्नु लेखेका हुन । काल्तानले याङ (चिठी संग्रह २०७०), चा:बा (हाइकु संग्रह २०७१) सार्बजनिक गरिसकेका छन ।






Related Posts
  • कविता: आउ जात समान बनाउने बिज्ञान पत्ता लगाउन
  • सुनुवार सेवा समाज कुवेतको अधिवेशनको मिति सर्यो, अधिवेशन नोभेम्बर १० मा हुने
  • सुजन केसी आफ्नो उम्मेद्वारी घोषणा गर्दै (भिडियो)
  • एघार बुंदे प्रतिवद्दता जारी गर्दै सुजन केसीद्वारा मध्यपूर्व उपसंयोजकमा उम्मेदवारी घोषणा
  • पछिल्ला सम्प्रेसणहरु

    निर्बाचन, तामाङ र ताम्सालिङ

    कविता: आउ जात समान बनाउने बिज्ञान पत्ता लगाउन

    सुनुवार सेवा समाज कुवेतको अधिवेशनको मिति सर्यो, अधिवेशन नोभेम्बर १० मा हुने

    बिजनेष

    वसन्तिलाई किङ गायक राजेश पायल राईसंग ड्युएट गीत गाउने रहर

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस