आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

नेपाल कुवेत साँस्कृतिक मञ्चले अतिथि कलाकारहरुको साथमा तीज बिशेष कार्यक्रम आयोजना गर्ने

परदेशी खबर ९ बैशाख २०७४, शनिबार १२:२३ मा प्रकाशित ( ६ साल अघि) ८८ पाठक संख्या

अप्रील २२, कुवेत । नेपाल कुवेत साँस्कृतिक मञ्च, कुवेतले आगमी अगष्ट २५, २०१७ मा ‘नाचौं गाऔं, कुवेतवासी दिदीबहिनीहरु बिच सद्भावपूर्ण रुपमा अतिथि कलाकारहरुको साथमा तीज मनाऔं’ भन्दै नेपाली हिन्दु महिलाहरुको चाड हरितालीका तीज बिशेष कार्यक्रम नेपालबाट आउने अतिथी कलाकारहरु र स्थानिय कलाकारहरुको साथमा मनाउने भएको छ । उक्त कुराको जानकारी मञ्चका प्रवक्ता गोविन्दप्रसाद तिमल्सिनाले परदेशी खबरलाई जानकारी गराएका छन् ।

मञ्चले “हाम्रो संस्कृति, हाम्रो पहिचान” भन्ने नाराका साथ आफ्नो १५ औं प्रस्तुतिका रुपमा उक्त हरितालिका तीज कार्यक्रमको आयोजना गर्न लागेको हो । यस अघि पनि यस्तै पर्वहरुको अवसर पारेर विभिन्न चाड पर्वहरुमा आफ्नो कार्यक्रमहरु आयोजना गर्दै आईरहेको थियो ।

स्थान र समयको साथै नेपालबाट कुन कुन कलाकार आउने भन्ने टुंगो लागिनसकेको कारण यसबारेमा पछि जानकारी गराईने पनि प्रवक्ता तिमल्सिनाले बताएका छन् ।