माता तिर्थ औँसीका दिन घुमारीघाटमा आमालाई सम्मान गरिने

बिरबहादुर बिसी/बैशाख ९,नवलपरासी l माता तिर्थ औँसी अर्थात आमाको मुख हेर्ने दिन नवलपरासीको पहाडि क्षेत्र बुलिङ्गटार गाउपालिका ६ घुमारीघाटमा आमाको विशेष सम्मान स्वरुप दिपदान एवं मातृ गरिने भएकोछ ।

धार्मिक तथा पर्यटकिय स्थलको रुपमा प्रकृतिबाटै निर्मित यस स्थानमा अहिलेको समाजमा नयाँ पुस्तालाई आमाबुबालाई मायाँ र सम्मान गर्नु पर्छ भन्ने सन्देश दिनका लागि यो कार्यक्रमको आयोजना गरिएको कृष्णागण्डकी क्षेत्र बिकास समितिका अध्यक्ष कुलराज चालिसेले बताउनु भयो। यस अभियानले यस क्षेत्रको बिकाशमा टेवा पुग्ने साथै अहिलेको पुस्तामा आफ्ना बुवाआमा देखि टाढा रहेपनि भावनात्मक र आत्मियता बढाउने,आमाबुवा र जेष्ठ नागरिकको हेरचाहमा जिम्मेवारि बोध हुने चालिसेको ठम्याईछ। कामधेनु गोपिठ रहेको यस धार्मिक स्थलमा पुज्ने मुर्ति भन्दा बुझ्ने मुर्तिहरु रहेका छन। यहाँ रहेका मन्दिरका मुर्तिहरु सबै सन्देस मुलक छन। यस क्षेत्र सङ्गै कालीगण्डकी नदि बेसिकै महत्वपुर्ण बालीघाट,अकलामन्दिर,अकलागुफा,गरगढिघाट जस्ता प्रख्यात धार्मिक स्थल रहेका छन् ।यस घुमारीघाटमा गंगा दशहरा,मातातिर्थ औशि,कुशे औशी, र हरीबोधनी एकादशिको दिन धार्मिक मेला हुदै आएकोछ।

यहि बैशाख १३का दिन हुने माता सम्मान पर्वमा यस कालीगण्डकी क्षेत्र वरिपरिका सबै बिधालय,संघ -संस्थालाई आफ्ना आमाबुवाहरु सहित सहभागि बनि मातालाई सम्मान र मायाँ दिन समेत आवहान गरेकोछ।






Related Posts
  • नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो
  • घरबेटीलाई प्राधिकरणको आग्रहः भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउनुस्
  • लोक दोहोरी गायिका प्रमिला तामाङबाट म्हेन्दोमाया गायिकाहरुले केही सिक्नेकी ? (भिडियो सहित )
  • सेनाभित्र मौलायो बिकृती, सलामी नगर्ने ३० जनामाथि कारवाही
  • पछिल्ला सम्प्रेसणहरु

    थाल्यो संवाद नेपाली स्याटेलाइटले, ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटको दोहोरो सम्पर्क

    नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो

    घरबेटीलाई प्राधिकरणको आग्रहः भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउनुस्

    बिजनेष

    ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस