आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

नेपाल कुवेत सरोकार समाजद्वारा अतिथी कलाकार द्वय डम्बर नेपाली र सावित्री जोशिको बिदाइ कार्यक्रम गर्ने

परदेशी खबर ८ बैशाख २०७४, शुक्रबार १७:२९ मा प्रकाशित ( ६ साल अघि) ४१९ पाठक संख्या

परदेशी खबर/ अप्रील २१ कुवेत। नेपाल कुवेत सरोकार समाज कुवेतद्वारा अतिथि कलाकार द्वय डम्बर नेपाली र सावित्री जोशिलाइ बिदाइ तथा परिचयत्मक कार्यक्रम आयोजना गर्ने भएको छ।

कलाकार द्वय, नेपाल सरोकार समाज कुवेतको आयोजनामा सम्पन्ना धुर्मुस सुन्तली फाउन्डेसनको सहयोगार्थ च्यारिटी शो तथा बृहत् सांस्कृतिक कार्यक्रमको लागि गत १३ अप्रीलको दिन कुवेत आइपुगेका थिए। करिब एक हप्तको कुवेत बसाइलाइ अन्त्य गर्दै पर्सि बिहान अर्थात २३ अप्रील आइतबार बिहान नेपाल फर्किन लागेको कलाकारहरुलाइ भोलि बेलुका फहाहिल स्थित कुमार पुरिको निवासमा आयोजकले बिदाइ कार्यक्रम आयोजना गरेको आयोजक संस्थाका महासचिव राजेन्द्र तामाङले परदेशी खबरलाइ जानकारी गराएका छन।

महासचिव तामाङले कार्यक्रम बेलुका ५ बजेबाट सुरु हुने बताउँदै कुवेतमा क्रीयाशिल सम्पुर्ण संघ संस्थाको एक एक जना अध्यक्ष/प्रतिनिधि र मिडियामा आवद्ध सबै पत्रकारहरुलाइ यसै समाचार मार्फात निमन्त्रणा गरेका छन।

कार्यक्रम हुने

मिति: २२ अप्रील २०१७ (भोलि बेलुकी)
समय: साँझ ५ बजे
स्थान: फहाहिल (कुमार पुरी निवास)
सम्पर्क:सम्पर्क नम्बर: कुमार पुरी-94135135 दिल स्याङ्बो-60931634 राजेन्द्र लामा-55568447