आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

"कालि मन पर्यो" बोलको म्युजिक भिडियो सार्वजनिक

परदेशी खबर ८ बैशाख २०७४, शुक्रबार ०७:०३ मा प्रकाशित ( ६ साल अघि) २४३ पाठक संख्या

अप्रिल १२, कुवेत l अमुल्य म्युजिक प्रालिको प्रस्तुतिमा सुरज गैरेको गीति एल्बम “सुरज” बाट कालि मन पर्यो बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ l
वैदेशिक रोजगारको सिलसिलामा रहेर पनि थोरै बचेको समयलाई सदुपयोग गर्दै कलाकारितालाई निरन्तता दिदै कुवेतको विभिन्न रमणीयस्थलमा थुप्रै म्युज्को भिडियोहरु छयांकन भै सकेको छ l यसै क्रममा अर्को बेजोड प्रस्तुतिका साथ “कलि मन पर्यो” बोलको मुजिक भिडियो सार्वजनिक भएको उक्त म्युजिक भिडियोले श्रोताहरुको मन जित्ने विस्वाश राखेको निर्देशक एवं मोडल बिजय ठकुरीले बताएका छन् l


“कलि मन पर्यो” शव्द/सुरज गैह्रे (बिबश) , संगीत दिपक शर्मा, रहेको म्युजिक भिडियोमा सुमधुर स्वरका धनि गायक युनिक केसी को रहेको छ भने अभिनयमा बिजय ठकुरी,नुमा राई र राजु खड्काको रहेको उक्त म्युजिक भिडियोको निर्देशक बिजय ठकुरी र छायांकन प्रेम जिमी राईको रहेको छ l

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस्