जानुका राई र निश्चल राईको ‘झम्के मायालु’ म्युजिक भिडियो सार्वजानिक

अप्रिल १२,कुवेत lहिजो वैसाख ७ गते काठमाण्डौको कोटेश्वर स्थित सुम्निमा हल (किरात राई यायोक्खा केन्द्रिय कार्यालय)मा मुन्धुमी गायिका जानुका राई र प्रतिभावान गायक निश्चल राइको पुर्बेली लोक भाका ”झम्के मायालु”को म्युजिक भिडियो सार्वजनिक भएको छ l उक्त भिडियो नेपाल चलचित्र बिकाश बोर्डको अध्यक्ष तथा चलचित्र निर्माता राजकुमार राईले सार्वजनिक गरेका थिए l कार्यक्रममा सांस्कृतिक सांगीतिक छेत्रका विशिष्ट ब्याक्तित्वहरु र सामाजिक/राजनीतिक छेत्रका व्यक्तिवहरुको बाक्लो उपस्थिति रहेको थियो l
‘झम्के मायालुको’ प्रायोजक बिरबहादुर राई, शव्द/संगीत दिवाकर राई, संगीत एरेन्जर डम्बर लिम्बू, ड्रोन अपरेटर सन्देश मोटे, क्यामेरा युवराज राई, निर्माता कपिल राई र निर्देशक रोशन राई रहेका छन् । यसैगरी अभिनयमा सेशुका, निशा, पवन, अन्वेश र प्रबिन रहेका छन् ।
संचारकर्मी डीबी राई सरोजको अध्यक्ष्तामा गरिएको कार्यक्रमको संचालक सुम्निमा कल्चर एकेडेमीको सचिव तथा सांस्कृतिक अभियन्ता जनक राईले गरेका थिए l सुम्निमा कल्चर एकेडेमीको आयोजक्तामा गरिएको यस कार्यक्रममा भिडियो सुम्निमा कलेक्सनको ब्यानरमा निर्माण भएको थियो l उक्त गीतको भोजपुरको रमणिय स्थल पान्धारे सम्म कठिन यात्रा गर्दै पुगेर झम्के मायालुको छायांकन गरिएको छ l

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस्  






Related Posts
  • गायक शिब परियारको स्वर तथा संगितमा रहेको “उनि राम्री“ गितको कभर भिडीयो सार्वजनिक
  • तमु समाज युएईले आउदो जनवरी १० तारिख तमु च्यु ल्होसार भव्यता साथ मनाउदै
  • एनआरएनए कुवेतले इराकमा १४ वर्षदेखि अलपत्र परेकी एक नेपाली महिलाको उद्धार
  • नेपाल आदिवासी जनजाती महासंघ युएई द्वारा Learning & People Development तालिम सम्पन्न
  • पछिल्ला सम्प्रेसणहरु

    गायक शिब परियारको स्वर तथा संगितमा रहेको “उनि राम्री“ गितको कभर भिडीयो सार्वजनिक

    तमु समाज युएईले आउदो जनवरी १० तारिख तमु च्यु ल्होसार भव्यता साथ मनाउदै

    अञ्जु थोकरको ‘सुन सुन साथी’ सार्वजनिक ( भिडियो सहित )

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस