आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024
FLASH NEWS

कलाकार दिपक क्षेत्रीलाई उपचारका लागि सरकारले तीन लाख दिने

परदेशी खबर ३० चैत्र २०७३, बुधबार १३:१८ मा प्रकाशित ( ७ साल अघि) २८३ पाठक संख्या

पुष्पा महरा/अप्रिल १२, काठमाण्डौं । लामो समयदेखी घाँटीमा मासु पलाएर गम्भीर बिरामी रहेका नेपाली कलाकार दीपक क्षेत्रीको उपचारका लागि सरकारले तीन लाख सहयोग प्रदान गर्ने भएको छ ।
काठमाण्डौको ग्राण्डी इन्टरनेशनल अस्पतालमा बिहिवारदेखी उपचार शुरु हुने क्षेत्रीका लागि देश तथा विदेशी हातहरुबाट सहयोग आइरहेका छन् । यसैगरी सरकारको तर्फबाट पनि प्रधानमन्त्री प्रचण्डको पहलमा उनको उपचारका लागि तीन लाख सहयोग गर्ने निर्णय गरेको हो ।
हाल दीपकको उपचारको लागि संसारभर रहेका नेपाली चलचित्रकर्मी, पत्रकार तथा दीपकका फ्यानहरुले सहयोग गरिरहेका छन् । दुई दिन अगाडीदेखी कलाकार क्षेत्रीको अन्तरवार्ता आएपछि यसविषयमा सामाजिक सञ्जालहरुमा भाइरल बनेको थियो । उनकालाई सहयोगी हातहरुमा स्वदेश तथा विदेशबाट आइरहेका छन् ।
तीन वर्ष अघिदेखि घाँटीमा मासु पलार विरामी परेका दिपकको अपरेसन गर्नका लागि उनीसँग पर्याप्त रकम भएन ।
आफ्नो जीन्दगीमा चिनेजानेका ठूलाबडाहरु भएपनि अहिले उनलाई पर्दा कसैबाट पनि सहयोग नपाएपछि उनी विरक्तिएका थिए । उनले आफ्नो वेदना भन्ने क्रममा भक्कानिएर रुँदै भनेका थिए, ‘मैले पैसा र मान्छै दुवै चिन्न सकिन ।’
३९ वर्षदेखि रंगकर्मी, टेलिफिल्म, भिडियो हुँदै पछिल्लो संस्करणमा ‘झोला’ चलचित्रका लागि नायकको भूमिका निर्वाह गरेका छन् । उनको विगत कोट्याउने हो भने, यिनी पैसालाई पैसा नै सम्झिँदैनथे । माग्नेलाई पनि एक हजार दिने मानिसका रुपमा पनि चिनिन्थे यिनी । ‘माग्नेलाई किन हजार ?’ भन्ने प्रश्नको जवाफमा उनले भन्थे, ‘मसँग भयो भने एैलै सकिन्छ, उसले भए एक हजारले महिना धान्न सक्छ नि !’
विन्दान शैली, पृथक नामक चलचित्रका दमदार खलनायक अनि तर्क र तथ्यमा तटस्थ भोगाइ वकालत गर्ने दिपक अहिले निभ्न लागेको बत्ती जस्तै भएको छ । जीन्दगीका धेरै कुराहरु खोसिएका छन् । हाल दीपकको उपचारको लागि संसारभर रहेका नेपाली चलचित्रकर्मी, पत्रकार तथा दीपकका फ्यानहरुले सहयोग गरिरहेका छन् । एभरेष्ट दैनिकबाट ।