आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS

उर्जामन्त्री जनार्दन शर्मा महाधिवेशन उद्घाटन गर्न मलेसिया जाने

परदेशी खबर १६ चैत्र २०७३, बुधबार ०६:३१ मा प्रकाशित ( ७ साल अघि) ४५० पाठक संख्या

दीप लिम्बू/२९ मार्च मलेसिया । नेकपा माओवादी केन्द्र पार्टी सम्बद्ध अन्तरास्ट्रिय विभाग नेपाली जन-प्रगतिशिल मञ्चको अप्रील ९ मा आयोजना हुने ७ औं महाधिवेशन उद्घाटन गर्न नेपाल सरकारका माननीय उर्जामन्त्री जनार्दन शर्मा(प्रभाकर) प्रमुख अतिथिको रुपमा मलेसिया जाने भएका छन् ।
उर्जामन्त्री जनार्दन शर्मा(प्रभाकर) का साथमा अधिवेशनलाई सम्वोधन गर्न विशेष अतिथिका रुपमा पोलिटब्युरो सदस्य एबम् बिदेश विभाग सचिव तथा युवा नेता युवराज चौंलागाई र वाइसिएल संगठन विभाग प्रमुख रामप्रसाद सापकोटा(दीप सिखा) पनि रहने छन् ।
रोजगारीको सिलसिलामा मलेसिया पुगेर विभिन्न क्षेत्रमा कार्यरत माओवादी केन्द्रका समर्थक, शुभचिन्तक कार्यकर्ताहरुलाई प्रशिक्षण दिन र नयाँ नेतृत्व चयन गर्ने उदेश्यले मञ्चले ७ औं अधिवेशन तय गरेको हो।
सङठनको विधि र मापदण्ड अनुसार प्रत्येक २ वर्षमा मञ्चको महाधिवेशन गरी नयाँ नेतृत्व चयन गर्ने प्रावधान अनुरुप उक्त अधिवेशन तय भएको आयोजकले जानकारी दिएको छ।