मेरुदण्ड राईका तीन मुक्त्तक

मेरुदण्ड राई

१,
मनको मान्छेसँग छुट्टिन गाह्रो हुँदोरैछ ।
किनकि उसलाई बिर्सिन गाह्रो हुँदोरैछ ।
तर सिसा चर्किएजस्तै त रहेछ-सम्बन्ध,,
छुट्टिएपछि फेरि जोडिन गाह्रो हुँदोरैछ ।
२,
सम्झिएमा त सम्झिन मलाई पनि आउँछ ।
तर बिर्सिएमा, बिर्सिन मलाई पनि आउँछ ।
मैले फूल पठाउँदा तिमीले पत्थर पठायौ,,
पत्थरको जवाफ दिन मलाई पनि आउँछ ।

३,
मेरो मात्रै हो या सबैका छन कसले बनायो ।
दुखाउँदिन भन्दा दुख्ने झन कसले बनायो ।
एक्सरे गर्न लाउँदा पनि भेटिएन अस्पतालमा,
खै कहाँ छ कहाँ नदेखिने मन कसले बनायो ।

मेरुदण्ड राई
तिङ्ला-३, सोलुखुम्बु ।






Related Posts
  • कविता: आउ जात समान बनाउने बिज्ञान पत्ता लगाउन
  • सुनुवार सेवा समाज कुवेतको अधिवेशनको मिति सर्यो, अधिवेशन नोभेम्बर १० मा हुने
  • सुजन केसी आफ्नो उम्मेद्वारी घोषणा गर्दै (भिडियो)
  • एघार बुंदे प्रतिवद्दता जारी गर्दै सुजन केसीद्वारा मध्यपूर्व उपसंयोजकमा उम्मेदवारी घोषणा
  • पछिल्ला सम्प्रेसणहरु

    निर्बाचन, तामाङ र ताम्सालिङ

    कविता: आउ जात समान बनाउने बिज्ञान पत्ता लगाउन

    सुनुवार सेवा समाज कुवेतको अधिवेशनको मिति सर्यो, अधिवेशन नोभेम्बर १० मा हुने

    बिजनेष

    वसन्तिलाई किङ गायक राजेश पायल राईसंग ड्युएट गीत गाउने रहर

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस