आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

सन्देश मुलक कथा कछुवा ( मङोलियन ) र खरायो ( आर्यन ) को आधुनिक कथा।

परदेशी खबर ६ चैत्र २०७३, आईतवार ०६:१५ मा प्रकाशित ( ७ साल अघि) १९१६ पाठक संख्या

 

युवक राई”ठिम्मर”

 

 

हामी सबैले बच्चैमा पढेको र थाहा पाएको कथा हो। ” खरायो र कछुवाको ” , आज म यसै कथाबाट सुरु गर्छु । एउटा निश्चित गन्तव्यमा पुग्ने खरायो र कछुवाको दौड प्रतियोगितामा खरायोको अहम्ताले उ हारेको थियो। र , खरायो इतिहासमा बदनाम भो । त्यस पछिको बाकी कथा अब पढ्नुस , खरायोलाई यो हारले सारै हिनताबोध भैरह्यो। उसको यहि घमण्डको कारणले पाएको हारले उसको पुरै कुललाई नै बेइज्जतीको तक्मा भिरायो। यहीँ पिडाकै कारण उसले एकदिन कछुवा सङ फेरी दौड गर्ने र आफ्नो गल्ती नदोहोर्‍याउने ( दौडको बिचमा नसुत्ने मनमनै ठानी ) कछुवालाई फेरी दौडको पस्ताब राख्यो । कछुवाले पनि हुन्छ भन्यो , तर यो बेला खरायो यसरी दौडियो कि कछुवाले दौडको १०% नपुग्दै खरायो ले दौड पुरा गर्‍यो । यसबाट फेरी कछुवालाई सारै लज्जास्पद हारभएको महशुस भयो , उसले फेरी अर्को दौड गर्ने तर अबको दौड कछुवाले भनेकै स्थान र मार्गमा हुनुपर्छ भनी प्रताब राख्यो। खरायोले पनि उसले आफुलाई एकपटक मौका दिएको सम्झी हुन्छ भन्यो। दौड सुरु भयो , खरायो फेरी तीव्रताको साथ दौडियो । तर केहि पर पुगे पछि एकदमै ठुलो खोला अघि आयो , उसको लागी कुनै पनि हालतमा यो खोला तर्न सक्ने ल्याकत थिएन । केहि समय पछि कछुवा लुसुलुसु गर्दै त्यहा आईपुग्यो , र उ मुसुक्क हास्यो र खोलातिर सरासर पस्यो । किनकी कछुवा जमिन र पानी दुबैमा सहज तरिकाले यात्रा गर्न सक्थ्यो । जब कछुवाले खोला बिचमा पुगेर , पछाडि यसो हेर्यो। खरायो न्याउरो मुख लगाएर बसिरहेको देख्यो । कछुवालाई मात्र यो देखाउनु थियो , सबैको आआफ्नै विशेषता र खुबी हुन्छ
कसैलाई उसको कमजोरीले मात्र उसको मुल्यांकन नगर । त्यसैले उ फेरी खरायो भएकै ठाउ तिर फर्क्यो। र , उसले खरायोलाई आफ्नो डाडमा बस्न आग्रह गर्दै खोला पारी तर्न सहयोग गर्‍यो । र , उनिहरु खोला तरि सके पछि अगाडि बड्न सुरु गरे । तेतिन जल दुबै जना एकाअर्का सङ बोलेका थिएन्न्न। जब अलि पर पुगे एउटा अग्लो पहाड आयो , खरायो सुरुसुरु माथी बड्न थाल्यो तर कछुवा केहि कदम माथी पुग्थ्यो फेरी गुल्टियर तलनै झर्थ्यो। यसरी बारम्बार तलमाथि भै रहदा खरायोले हेरि रहेको थियो। र , उ तल आएर कछुवालाई पछाडि बाट ढक्लदै त्यो पहाड माथी पुर्यायो। कछुवालाई पनि यो महशुस भो , उसमा पनि धेरैनै कमजोरी रहेछ भन्ने। र , दुबैले बुझे , दुबैको महत्त्व । अन्तिममा दुबै मिलेर सङसङै दौड पार गरे र दुबैले जिते। र दुबैलाई हिनताबोध भएन। अनि अर्को प्रतिस्पर्धाको दौड भएन ।

यसको मतलब केहो भने , कछुवालाई मङोलियन मानौ र खरायोलाई आर्यन । मङोलिएनको आफ्नै विशेषता र सिप छ भने आर्यनको पनि आफ्नै । जब सम्म मङोलिएन र आर्यन एकाअर्कालाई बराबरी ठानी अघि सङसङै जादैन्नन। जहिले पनि एकलाई हारेको वा हराईएको महशुस हुन्छ। र, यसको विरुद्ध आन्दोलन भै रहन्छ। अनि रास्ट्र जति शताब्दी अघि गए पनि समृद्धि सदै पछिनै हुन्छ। त्यसैले हाम्रो जस्तो जातीय , भौगोलिक , धार्मिक विविधता भएको रास्ट्रमा त अझ यस कथाले विशेष अर्थ लाग्छ । जति छिटो हामीले यो बुझ्छौ। देश तेति छिटो समृद्धिले अघि बड्छ। यो कथा बुझ्ने लाई श्रिखण्ड , नभुझ्ने लाई खुर्पाको बिड।