एक नेपाली २ महिना देखी कुवेतको अस्पतालमा देखी उपचाररत, घर फर्कन सहयोग गरीदिन अपील

परदेशी खबर/ मार्च ७, कुवेत । कुवेतको अस्पतालमा एक नेपाली दुई महिना देखि अचेत अवस्थामा उपचार गराईरहेको समाचार प्राप्त भएको छ । प्राप्त समाचार अनुसार जमुनिया गाबिस ८, नवलपरासीका ४५ बर्षिय भगिरथ चापागांई कुवेतको आदान अस्पतालको आइसीयु (Intensive care unit) मा उपचार गराईरहेका छन् |

गत जनवरी ६ मा बाटो काट्ने क्रममा कारले ठक्कर दिंदा उनी सख्त घाइते भएको र उनलाई कुवेती प्रहरीले आदान अस्पतालमा भर्ना गरेको समाचारमा बताईएको छ । उनको पेटमा गहिरो चोट लागेको र ४ पटक सम्म पेटको अपरेसन गरिसकेको भएपनि स्वास्थ्यमा भने कुनै सुधार आएको छैन |

एक वर्ष पहिले मात्र कुवेत आएका उनी केही समय पहिला कम्पनीमा गएको र कम्पनिले मासिक तलब मात्र दिने भएकाले अहिले सम्म कुनै संघसंस्था वा व्यक्तिको सहयोग पाएका छैनन्। आर्थिक अवस्था अत्यन्तै कमजोर रहेका भगिरथले आइसीयुबाटै आफु अन्तिम अवस्था रहेको र आफ्नो सास हुँदै नेपाल फर्कने वातावरण मिलाई परिवारको लागी केही आर्थिक सहयोग गरीदिन नेपाली राजदूतावास कुवेत, कुवेतमा क्रियाशील नेपाली सामाजिक संघसंस्था तथा कुवेतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई अनुरोध गरेका छन् |

भगिरथ आदान अस्पतालको आइसीयुमा बेड नम्बर IS01 मा उपचार गराईरहेका छन् | उनको नेपालमा श्रीमती, दुई छोरा, दुई छोरी र आमा छन् |






Related Posts
  • कृष्ण गण्डकी समाज दक्षिण कोरियाद्वारा अग्निपिडितलाई सहयोग
  • युएईमा कोभिड_१९ को पछिल्लो अपडेट
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित ५२८ ,संक्रमित संख्या ५२,०६४ र १ जनाको मृत्यु 
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित ६८३ ,संक्रमित संख्या ५१,४४० र संक्रमित २ जनाको मृत्यु 
  • पछिल्ला सम्प्रेसणहरु

    थप २५५ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १६ हजार ४२३ पुग्यो

    कुवेतमा कोरोना संक्रमनबाट ५२ हजार ७ सङ्क्रमित, ७६२ नयाँ संक्रमित, दुई जनाको मृत्‍यु (अपडेट)

    कृष्ण गण्डकी समाज दक्षिण कोरियाद्वारा अग्निपिडितलाई सहयोग

    बिजनेष

    आँखी झ्यालबाट लकडाउन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस