खर्च सकियो उपचार सकिएन, देवीलाई युएईबाट एयर एम्बुलेन्स मार्फत नेपाल लगिने

उमाकान्त पाण्डे/ मार्च ६, यूएई । चैनले नसुतेको झण्डै अढाई महिना भयो । रगत जुटाउन समस्या । साथीभाइ जुटेर रगत त जुटाए । तर देवीको श्वासप्रश्वासमा अझै समस्या छ ।
देवीको अचेत अवस्थाले उहाँका श्रीमान् खोटाङको बाम्राङ ६ का लोकेन्द्र श्रेष्ठ पनि बेहोस जस्तै हुनु भएको छ । ‘भगवान पनि कति निष्ठुरी, हामीलाई किन यती हैरानी दिएको होला ?’ मलिन स्वरमा श्रेष्ठ एउटा कुनामा बसेर रोइरहनु भएको छ । देवीको उपचार पछि आएका धेरै अप्ठेरा लोकेन्द्रलाई मात्रै थाहा छ । धेरथोर उहाँका नजिकका साथीभाइलाई ।


त्यसो त अस्पतालमा उहाँ एक्लै पनि हुनुहुन्न । छेउमा अचेत अवस्थामा श्रीमती देवी लामा ढलिरहनु भएको छ । देवीसँगै ढलेका छन् लोकेन्द्रका सपना पनि । कमाउन दुवई आएका लोकेन्द्र दम्पती अहिले सहयोग माग्नु पर्ने अवस्थामा पुगेका छन् । धेरथोर सहयोग त जुट्यो, तर त्यसरी संकलन गरेर जम्मा भएको रकमले देवीको उपचार खर्च नपुग्ने भयो ।
कम्पनीले गरिदिएको बीमा सम्झौता बमोजिम दुई लाख ६० हजार दिर्हाम उपचारमा खर्च भएपनि उहाँ अझै तंग्रिनु भएको छैन । अलिअलि होश त खुलेको छ, तर अझै पनि श्वास प्रश्वासमा समस्या छ । घाँटीको र मुटुको अप्रेसन सकियो । मिर्गौलामा देखिएको समस्याले रगतमा समेत असर गर्‍यो । उपचारमा खर्च बढेपछि देवी लामालाई नेपाल लैजाने तयारी थालिएको छ ।
अचेत र श्वासप्रश्वासमै समस्या भएपछि सामान्य एयरलाइन्सबाट नेपाल लैजान नपाउने अस्पतालले भनेको छ । अहिले कम्पनीकै सहयोगमा बीमावाला कम्पनीले एयर एम्बुलेन्स मार्फत देवीलाई नेपाल लैजाने प्रयास भईरहेको छ ।
‘दुई तीन दिन भित्र देवीलाई नेपाल पर्‍याउनु पर्ने छ । साथमा पैसा छैन । नेपालको कुन अस्पतालमा आइसियु पाइन्छ त्यो पनि थाहा छैन ।’ मलिन स्वरमा लोकेन्द्रले भन्नुभयो ।
रोजगारीका लागि आएका लोकेन्द्र दम्पतीले यो अवस्था आउला भन्ने कल्पना पनि गरेका थिएनन । दुवै जना एउटै कम्पनीमा काम गर्थे । लोकेन्द्र कम्पनीका सुपरभाइजर हुनुहुन्छ । त्यही शाखामा देवी पनि काम गर्नुहुन्थ्यो । सात महिना अघि देवी गर्भवती हुनुभयो । तर गएको माघ ३ गते देवी बिरामी हुनुभयो । लोकेन्द्रले तत्काल नजिकैको क्लिनिकमा पुर्‍याउनु भयो । त्यसपछि सुरु भयो यो दम्पतीको पिडादायक जीवन ।
क्लिनिकमा पुर्‍याएपछि देवीलाई झन झन ज्वरोले च्याप्यो । वान्ता हुन थाल्यो । ढाड दुख्ने बिराम पनि थपियो । त्यसपछि बर दुवईको अस्तर अस्पताल सार्नुभयो । तर अस्पतालसँगै सर्‍यो उहाँको विराम पनि । माघ ६ गते डाक्टरले भने ‘आमा र बच्चा दुवैको अवस्था चिन्ताजनक छ ।’
अप्रेसन गरियो । तर ६ महिनाको बच्चा बचाउन सकिएन । डाक्टरका अनुसार देवीको मुटु र फोक्सोमा पनि समस्या छ । कलेजो र किड्नी पनि जोखिममा छ ।
सहयोग स्वरुप साढे पाँच लाख रुपैयाँ सहयोग संकलन
देवी लामा बिमारी भएको खबर दुई पटकसम्म उज्यालो अनलाइनले प्रकाशन गरेपछि साढे पाँच लाख रुपैयाँ सहयोग संकलन गरिएको छ ।
लोकेन्द्र र देवी काम गर्ने कम्पनीमा काम गर्नेहरुले १२ हजार दिर्हाम संकलन गरेका थिए । खोटाङ सेवा समाज युएईले १५ सय ३० दिर्हाम सहयोग गरेको छ । लमजुङ समाजले एक हजार १२ दिर्हाम, धरान समाजले ६ सय दिर्हाम सहयोग गरेको लोकेन्द्रले जानकारी दिनुभयो । त्यस्तै आबुधाबीमा कार्यरत गायक प्रकाश पौडेल र व्यवसायी विकास अधिकारीको सक्रियतामा झण्डै तीन हजार दिर्हाम संकलन गरिएको छ ।
श्रीमतीको उपचारमा समस्या भएपछि लोकेन्द्रले सहयोगका लागि आग्रह गर्नुभएको छ । उहाँलाई सहयोग गर्न दुवई इस्लामिक बैंकको खाता नम्बर ०११५२००८९२२९००१ पैसा जम्मा गर्न सकिन्छ । साभार : उज्यालो अनलाईन ।






Related Posts
  • तमु समाज युएईले आउदो जनवरी १० तारिख तमु च्यु ल्होसार भव्यता साथ मनाउदै
  • एनआरएनए कुवेतले इराकमा १४ वर्षदेखि अलपत्र परेकी एक नेपाली महिलाको उद्धार
  • नेपाल आदिवासी जनजाती महासंघ युएई द्वारा Learning & People Development तालिम सम्पन्न
  • काभ्रे कल्याणकारी कोष स्थापनार्थ बृहत सांस्कृतिक कार्यक्रम गर्दै
  • पछिल्ला सम्प्रेसणहरु

    तमु समाज युएईले आउदो जनवरी १० तारिख तमु च्यु ल्होसार भव्यता साथ मनाउदै

    अञ्जु थोकरको ‘सुन सुन साथी’ सार्वजनिक ( भिडियो सहित )

    एनआरएनए कुवेतले इराकमा १४ वर्षदेखि अलपत्र परेकी एक नेपाली महिलाको उद्धार

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस