सुनिल अधिकारीका चार मुक्तक

सुनिल अधिकारी

 

 

 

१,

कसरि बुझाउँ तिमीलाई, तिम्रो सामीप्यता किन चाहान्छु म ?
मर्नु अघि तिम्रा यादहरुलाई एउटा आकार दिन चाहन्छु म
थाहा छैन कहाँसम्म छ सफर, क्षितिज पारीको त्यो शहरको
बाटो लामो होला, तिम्रै यादहरुको सहारा लिन चाहन्छु म !


२,

बर्सातले धरती भिजाउँदा, यता आँखाबाट आँसु खसेको छ
काँढा बनेर तिम्रो याद, मेरो हृदयमा यसरि गढेर बसेको छ
यीनै सम्झनाका तरेलीहरु, एक्लोपनको साथी बन्छन् कहिले
कहिले घाउ चर्किन्छ, यीनै यादले नाग बनेर मन डसेको छ !

३,

निम्तो त्यो अधरको थियो, तर मन आँखामा लट्ठियो
ती नयन र ओंठको सहमतिमा मेरो यो दिल लुटियो
सोच्दै थिएँ, किन मुटु तिम्रो नाममा धड्किन थालेछ
ओंठ त बन्द नै थियो, झुकेका नजरले भेद खोलिदियो !


४,

तकदिरमै नभएपछि कसको छ र यहाँ जोर चलेको
हातको गाँस मुखसम्म नपुगी छ भाग्यले छलेको
भाग्य भरोसामा बस्नेलाई परीक्षा लिँदोरहेछ भाग्यले
देखेको छु मैले बरसातमा पनि उसैको घर जलेको !

 

 

 

 


सुनिल अधिकारी
काठमाण्डौ






Related Posts
  • नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो
  • घरबेटीलाई प्राधिकरणको आग्रहः भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउनुस्
  • लोक दोहोरी गायिका प्रमिला तामाङबाट म्हेन्दोमाया गायिकाहरुले केही सिक्नेकी ? (भिडियो सहित )
  • सेनाभित्र मौलायो बिकृती, सलामी नगर्ने ३० जनामाथि कारवाही
  • पछिल्ला सम्प्रेसणहरु

    थाल्यो संवाद नेपाली स्याटेलाइटले, ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटको दोहोरो सम्पर्क

    नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो

    घरबेटीलाई प्राधिकरणको आग्रहः भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउनुस्

    बिजनेष

    ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस