आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

गीतकार तथा कवि भबिन लिम्बूले ल्याए 'हंङकङ चस्मिस’ नामक कविता सग्रंह

परदेशी खबर १९ फाल्गुन २०७३, बिहीबार ०८:४६ मा प्रकाशित ( ७ साल अघि) २६३ पाठक संख्या

मार्च २, हङकङ । गुर्खा युथ एसोसिएसन हङकङको आयोजनामा नेपाल वाङमय प्रतिष्ठानद्वारा प्रकाशीत “हंगकंग चस्मिस” कविता संग्रह लोकापर्ण कार्यक्रम भब्यताको रुपमा सम्पन्न भएको समचार प्राप्त भएको छ।

गुर्खा युथ एसोसिएसनका अध्यक्ष कुल प्रसाद गुरुङको सभापतित्व तथा हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ प्रमुख अातिथ्यतामा सम्पन्न लोकापर्ण कार्यक्रममा हङकङको उच्च सरकारी निकाय महिला आयोगमा नियुक्ति हुनुभएकी नेपाली चेली अरुणा गुरुङलाई बिशेष सम्मान गरिएको थियो।
हङकङवासी नेपाली साहित्य क्षेत्रमा बिशेष योगदान पुर्याउने विश्व वैदेशिक संघका उपाध्यक्ष राजकुमार राई र साहित्यकार बज्र थुलुङ लगायतले समिक्षा गर्दै भबिन लिम्बुलाई प्रगतिको शुभकामना शुभकामना व्यक्त गरेका थिए ।


लिम्बु धर्म गुरुले प्रवचन गरी पुस्तकको लोकापर्ण रमहाकवि लक्ष्मी प्रसाद देवकोटा को तस्बिरमा माल्यापण गरि कार्यक्रमको सुरवात गरिएको थियो l कार्यक्रम संचालक महामन्त्री नबिन सुहाङ, कार्यक्रमको समायोजन ताहिर खान र मिडिया पार्टनरको रुपमा ब्ल्याक पिगका बुलेट हाङ तिगेलाले गरेका थिए ।