बिगत पाँच महिना देखि तलब नपाउदा कतारमा एक नेपाली अलपत्र


लक्ष्मण रसाइली/ जनवरी २१, कतार। देशको राजनैतिक अस्थिरता र बेरोजगारीले हजारौं युबा खाडी मुलुक पलायन भइ रहेका छन। तर पलाएन भयर ती बोकेका अमुल्य सपना कयौंका त तातो घाममा तातिरहेका छन। कयौं नेपाली युबा तलब नपाएर अलपत्र परेका छन। त्यस्तै अमुल्य हजारौ सपना बोकेर बिगत २५ अघि काठमाडौंमा रहेको रोयल ओभरसिज प्रा.लि बाट कतारको एक माफतको कम्पनीमा कार्यरत लुम्दे ३ इलामका छबिलाल राई बिगत पाँच महिना देखि कम्पनी बाट तलब नपाउँदा अलपत्र परेका छन। राई लाई बिगत ५ महिना देखि घर पठाउँछु भन्दै अहिले सम्म पनि घर न पठाउँदा अहिले न घर न घाट का भएका हुन। राई को घरमा श्रीमती र दुई छोरा रहेका छन। परिवारमा पनि राइले नै कमाएको रकम पठाएर घर खर्च टर्ने गरेको तर पाँच महिना देखि तलब न पाउँदा घरमा पनि ठुलो समस्या परेको छ। मेनपावर मा फोन गरेर समस्या दर्शाउँदा मेनपावरले पनि कुनै वास्ता नगरेको छबिलालले परदेशी खबरलाइ बताए। अहिले पाँच महिना बिति सक्दा पनि पहिले काम गरेको तलब नपाउँदा र उनलाई कम्पनीले घर न पठाउँदा उनी अलपत्र परेका हुन। अहिले दूतावास र मेनपावर मा फोन गर्न समेत अबस्था नहुँदा राई अलपत्र परेका छन। कम्पनीका मेनेजरलाई घर पठाउनको लागि अनुरोध गर्दा पनि पठाउँछु भन्ने तर भन्दै टार्दै गर्ने छबिलालले बताएका छन। अहिले सम्म पनि तलब नपाएर अलपत्र पर्दा समेत कतै सम्पर्क गर्न नपाएको र अब स्वदेश तथा बिदेशमा कार्यरत सरकारि तथा गैरसरकारी संघ सस्था र नेपाली राजदुतावासमा सहयोग गरि घर पठाउन अपिल गरेका छन।






Related Posts
  • कविता: आउ जात समान बनाउने बिज्ञान पत्ता लगाउन
  • सुनुवार सेवा समाज कुवेतको अधिवेशनको मिति सर्यो, अधिवेशन नोभेम्बर १० मा हुने
  • सुजन केसी आफ्नो उम्मेद्वारी घोषणा गर्दै (भिडियो)
  • एघार बुंदे प्रतिवद्दता जारी गर्दै सुजन केसीद्वारा मध्यपूर्व उपसंयोजकमा उम्मेदवारी घोषणा
  • पछिल्ला सम्प्रेसणहरु

    निर्बाचन, तामाङ र ताम्सालिङ

    कविता: आउ जात समान बनाउने बिज्ञान पत्ता लगाउन

    सुनुवार सेवा समाज कुवेतको अधिवेशनको मिति सर्यो, अधिवेशन नोभेम्बर १० मा हुने

    बिजनेष

    वसन्तिलाई किङ गायक राजेश पायल राईसंग ड्युएट गीत गाउने रहर

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस