आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

भांगेमा ल्होछार कार्यक्रम भब्य रुपले सम्पन्न

परदेशी खबर ८ माघ २०७३, शनिबार १०:२३ मा प्रकाशित ( ७ साल अघि) ४३६ पाठक संख्या

 

 
लामा भाइ/जनवरी २१,काठमाडौं – साइकोले युवा क्लब सामरी ९, भांगे, नुवाकोटद्धारा आयोजित हिजो २०७३ माघ ७ गते नुवाकोट सामरी गबिसा भांगे स्थित बृहत द्धितिय सांस्कृतिक ल्होछार कार्यक्रम भब्य रुपले सम्पन्न भएको छ ।

 

हाम्रो साईकोले, राम्रो साईको, साईकोलेको अभियान संस्कृतिको उत्थान, प्रतिभाको प्रोत्साहन भन्ने मुल नाराका साथ आयोजित तामाङहरुको महान चाड २८५३ औं ज्य ल्होछार कार्यक्रममा सभापति संस्थाको अध्यक्ष बिरबहादुर तामाङ, प्रमुख अतिथि श्री चक्रदेवि प्रा.बि.का प्रधान अध्यापक सन्त बा. वाईबा तामाङ, विशेष अतिथि चर्चित लोक तथा म्हेन्दोमाया गायक पुष्प वाईबा तामाङ लगायत अन्य विभिन्न संघ संस्थाबाट प्रतिनिधिहरु, बुद्धिजीवी, समाजसेवी र म्हेन्दोमाया प्रेमीहरुको बाग्लो उपस्थिति रहेको थियो ।

 

सन्जय वाईबा तामाङले संचालन गरेको सोही कार्यक्रममा उपस्थित सबैलाई सुस्मिता तामाङले स्वागत मन्तव्यबाट स्वागत गरेकी थिन भने अतिथि कलाकारहरु चर्चित लोक तथा म्हेन्दोमाया गायक पुष्प वाईबा तामाङ, नव म्हेन्दोमाया गायक प्रनिल तामाङ र नव गायिका कल्पना वाइबा तामाङ लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिले उपस्थित ल्होछार प्रेमीहरुले भरपुर मनोरञ्जन लिएको थियो ।

 

 

कार्यक्रमको बीच बीचमा अतिथिहरुले तामाङ समुदायको कला-संस्कृति, भेषभूषा र मौलिक पहिचानलाई जगेर्ना गर्दै लैजाने उद्देश्यले यसरी नै हरेक बर्ष हामिले ल्होछार कार्यक्रम लगायत अन्य कार्यक्रमहरु पनि बेला बेलमा गर्नु पर्छ भन्दै शुभकामना मन्तव्य राखेका थिए ।