आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS

कविता -"बैचारिक जनक्रान्ति"

परदेशी खबर ७ माघ २०७३, शुक्रबार १९:४७ मा प्रकाशित ( ७ साल अघि) २४० पाठक संख्या

✍निश्चल अाँसु घायल

 

अचेल,
घाम नउदाइ
अस्ताए झैँ लाग्छ
जूनले बाटो बिर्सिएर
ढाड फर्काए झैँ लाग्छ
र त म अन्धकारको प्रीय बनेको छु ।

चिरबिर चिरबिर अावाजहरू
संकटकालका बिद्रोही भएका छन्
कोइलीहरू पनि अचेल
पश्चिमा संगीतका प्रीय बनेका छन्
मयूर नाच्दैन अचेल
हात टेकेर घुट्टा नाच्न सुरू भएदेखि
र त मलाई एकान्त प्रीय लाग्न थालेको छ ।

अह!
मैले अाफ्नो उचाइ पत्ता लगाइन
मेरा हितैसीहरू सगरमाथा माथि उक्लिएपछि
स्वघोषीत म महान् बन्नेहरू
अाफ्नै प्रीय बनेका छन्
गौतम बुद्धका सन्देश परिमार्जन गर्दै
कोही बन्दैछन् दोस्रो शान्ति दुत
र त मलाई शान्ति अपत्यारिलो लाग्न थालेको छ ।

माक्र्सवाद र लेलिनवाद
धरापमा परेको छ अचेल
नयाँ बिचार अाविस्कारक जन्मिएपछि
र त
देश धरापमा परेको छ
बिदेशी साम्राज्यवाद हावी भएपछि
सीमास्तम्भ हराउन थालेका छन्
जग्गा दलालले पेशा फेरेपछि
त्यसैले
मलाई परिवर्तन खोक्रो लाग्न थालेको छ ।

नयाँ अध्यायको
बैचारिक जनक्रान्ति
परिवर्तनको संघारमा यात्रारत छ
बिचारहरू बारुद बनेको दिनबाट
खुकुरीहरू कोमा बसेका छन्
अावाजहरू तरवार बनेपछि
र त
जन्मिएका छन् बिचारका युद्धहरू
देशद्रोहीको मृत्यु बनेर ।

……
०७,माघ,२०७३!

 

 

 

 

 

 

✍निश्चल अाँसु घायल

मोरङ