आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

साईकोले सांस्कृतिक समुहले संस्थाको उद्घाटन तथा बृहत ल्होछार कार्यक्रम गर्ने

परदेशी खबर ५ माघ २०७३, बुधबार ०७:४० मा प्रकाशित ( ७ साल अघि) २२७ पाठक संख्या

सम्पूर्ण म्हेन्दोमाया कलाकार तथा म्हेन्दोमाया प्रेमिहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं आयोजक परिवार 

 

 

लामा भाइजनवरी १८, काठमाडौं । साईकोले सांस्कृतिक परिवारले आगामी माघ २९ गते राजधानी काठमाडौको सामाखुसी स्थित मेगा पार्टी प्यालेसमा संस्थाको बिधिगत रूपमा उद्घाटन समारोह तथा बृहत सांस्कृतिक ल्होछार कार्यक्रम माननीय कृषि राज्य मन्त्री राधिका तामाङको प्रमुख अतिथिमा भब्यताका साथ गर्ने भएको छ ।

 

 

 

“कला संस्कृति हाम्रो पहिचान, तामाङ एकता हाम्रो अभियान” भन्ने मुल नाराका साथ गत २०७३ पुष महिना मात्र स्थापन भएको यस साईकोले सांस्कृतिक समुहले तामाङहरुको महान चाड २८५३ औं ज्या ल्हो (चरा बर्ग) सोनाम लोछारको पवन अवसर पार्दै संस्थाको उद्घाटन स्वरुप गर्न गइरहेको प्रथम सोनाम ल्होछार कार्यक्रम अलि पृथक ढङ्गले मनाउने भएको छ भने कार्यक्रमलाई भब्य बनाउन र अथितिहरु लगायत उपस्थित सम्पुर्ण दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाउन संस्था भित्र र बाहिरका चर्चित म्हेन्दोमाया कलाकारहरुको बेजोड प्रस्तुति रहने कलाकार संयोजन यरिन तामाङ र शिल्पा तामाङले परदेशी खबरलाई जानकारी दिएको छ ।

 

 

 

तामाङ समुदायको कला-संस्कृति, भेषभूषा र मौलिक पहिचानलाई जगेर्ना गर्दै लैजाने उद्देश्यले यस कार्यक्रमको आयोजना गरेको हुँदा कार्यक्रमलाई भब्य रुपमा सफल बनाउन का निम्ति कृयाशील सम्पूर्ण तामाङ संघ संस्थाहरु, बुद्दिजिवीहरु, समाजसेवीहरु, कलाकारहरु, पत्रकारहरु र खेलाडीहरुलाई निमन्त्रणा पत्र दिनेछ यति कुनै कारणबस पत्र प्राप्त नभएको खण्डमा यसै समाचारलाई आधार मानी उपस्थित भई कार्यक्रमको सोभ बढाई दिनुहुन संस्थाका अध्यक्ष हिमाल वाईबाले सबैमा हार्दिक अनुरोध गरेका छन्।
अन्त्यमा निशुल्क प्रवेश र खाजाको समेत ब्यवस्था रहेको कोषाध्यक्ष मिना लामाले जानकारी दिएको छ ।

 

 

कार्यक्रम विवरण:
मिति: २०७३ माघ २९ गते
स्थन: मेगा पार्टी प्यालेस( सामाखुसी काठमाडौं )
समय: बिहान :११ बजे
बिस्तृत जानकारीको लागि सम्पर्क:
अध्यक्ष: हिमाल वाईबा ९८५११०१०७७
सचीव: सबिन घिसिङ ९८५१०७३३२२
कोषाध्यक्ष: मिना लामा ९८४१६५६७९४
महासचिव: शिल्पा ग्यचो ९८१००९२०२७
प्रचार प्रसार बिभाग प्रमुख: लामा भाइ ९८२३५६६३२७