आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS

मगर संघ कुवेतद्वारा प्रदर्सन हुन लागेको मगर चलचित्र खुर्पेटोको तयारि अन्तिम चरणमा

परदेशी खबर ४ माघ २०७३, मंगलवार १६:४८ मा प्रकाशित ( ७ साल अघि) ३९० पाठक संख्या

परदेशी खबर डटकम/ जनवरी १७, कुवेत। २७ जनवरिका दिन मगर चलचित्र खुर्पेटोको च्यारिटि सो हुने भएको छ। मिफ्रुङ फिल्म्स प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण भएको पहिलो मगर कथानक चलचित्र खुर्पेटो कुवेतको ब्यस्त शहर ज्लीबको वेड्डिङ हलमा प्रदर्शन हुने भएको आयोजकले परदेशी खबरलाइ जानकारी दिएको छ।

भिम रानामगरको कथा र बिकास मगरको निर्देशनमा बनेको यस चलचित्रका निर्माता भने मगर संघ कुवेतकै बरिस्ठ सदस्य राजेन्द्र आलेमगर हुन। राहुल राइको छायांकन, मित्र गुरुङको सम्पादन, चित्र मास्की मगरको नृत्य र नियन्त्रक तिल बहादुर थापामगर रहेको यो चलचित्रमा मगर समाज र त्यसभित्र हुने गरेका संस्कार संस्कृतिहरुको बारेमा उल्लेख गरिएको छ। चलचित्र मगर संस्कृतिमा आधारित भए पनि खस नेपाली भाषामा नै तयार भएकोले सबै नेपालिहरुले हेर्न सक्ने आयोजले बताएको छ।

मगर चलचित्र भन्ने बित्तिकै मगर भाषामा होला हामिले बुझ्ने होइन के जानू भन्ने किसिमका भ्रम मनमा भए त्यो बिलकुलै गलत भएको आयोजकले दावी गरेको छ। मगरभित्रै पनि भाषिक बिबिधता र नयाँ पुस्तका मगरहरुले पनि मगर भाषा नबुझ्ने भएकोले खस भाषामा नै बनाइएको निर्माण समितिले जनाएको छ।

मध्यान्ह १२ बजेबाट सुरु हुने कार्यक्रममा कुवेतमा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदिबहिनिहरुलाइ उपस्थित भइ सो चलचित्र हेरेर कलाकारहरुलाइ प्रोत्साहन गरिदिन आयोजक समितिले हार्दिक अनुरोध गरेका छन।