कुवेतमा क्रियाशील लुम्बिनी समाज नेपाल कुवेतले नसा पीडित र किड्नी पीडितलाई १,२५,८४० रुपैयाँ सहयोग

 
परदेशी खबर / जनवरी १६, कुवेत । सामाजिक कार्यमा क्रियाशिल सामाजिक संस्था लुम्बिनी समाज नेपाल कुवेतले नसा रोगबाट पीडित खिमकला रेश्मी र मृगौला पीडित मनोज ज्ञावालीलाई १,२५,८४० रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।
बिरबास ९ गुल्मीका नसा रोगबाट पीडित खिमकला रेश्मी विगत नौ महिना देखि ललितपुरको पाटन अस्पतालमा उपचार गराई रहेको थियो । आर्थिक स्थिति कमजोर भएका रेश्मीलाई लुम्बिनी समाज नेपाल कुवेतले आर्थिक सहयोग गरेको हो ।

 

साथै गुल्मी घर भई तानसेन १४,पाल्पा बीस बर्षिय मनोज ज्ञावालीको दुबै मृगौलामा समस्याको कारणले विगत दस बर्ष देखि उपचार गराईरहेकालाई पनि समाजको तर्फबाट आर्थिक सहयोग गरेको छ । नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार गराइएको भएपनि हाल दुबै मृगौला प्रत्यारोपण गर्नु पर्ने भएको हालै त्रिबि शिक्षण अस्पतालमा भर्ना भएर उपचार भइरहेको छ।

 

लुम्बिनी समाज नेपाल कुवेतले स्थापना कालबाट नै हरेक क्षेत्रमा सहयोग गर्दै आएको छ र यसपटक १,२५,८४० रुपैयाँ आर्थिक सहयोग दुबै जनालाई आधा आधा अक्षरुपि ६२,९२० रुपैयाँ /६२,९२० रुपैयाँ गरेर काठमाडौ हस्पिटलमा गै लुम्बिनी समाज नेपाल कुवेत का शुभचिन्तक काठमाडौं निवासी श्री राजेश गौतम तथा श्रीमती सुस्मिता गौतम द्वारा हस्तान्तरण गरेको जानकारी लुम्बिनी समाज नेपालका महासचिव रुपेन हमालले परदेशी खबरलाई जानकारी दिएको छ ।






Related Posts
  • एनआरएनए अध्यक्षमा कुमार पन्त विजयी,महासचिवमा पन्त प्यानलका शर्मा
  • ३५ जनाको मृत्यु हुने गरि साउदी अरेबियामा बस दुर्घटना
  • विद्युतीय मेसिनले काम गरेन, मतपत्रकै प्रयोग एनआरएनए चुनावमा
  • गौतम बुद्ध विमानस्थल निर्माण अन्तिम चरणमा
  • पछिल्ला सम्प्रेसणहरु

    आदिवासी जनजाति प्रथम अन्तर्राष्ट्रिय सम्मेलन शुरू

    स्थानीय तहका पदाधिकारीलाई दिइने सेवा सुविधासम्बन्धी कानुन बदर

    एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस