त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मिलेमतोमा हुने गरेको तस्कारहरुलाई कार्बाही हुन्छ: प्रधानमन्त्री दाहाल

जनवरी १६, यूएई। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार यूएईको दुबईमा नेपालीहरूसँगको अन्तरक्रिया कार्यक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मिलेमतोमा हुने गरेको तस्कारहरुलाई कार्बाही गर्ने बताउनुभअको छ।

वर्ल्ड फ्युचर इनर्जी समिट २०१७ मा बिशेष वक्ताको रूपमा यूएई आउनु भएका प्रधानमन्त्रीले माओवादी केन्द्रका भातृ संगठन नेपाली जनप्रगतिशिल मञ्च यूएईले आयोजना गरेको अन्तरक्रिया तथा रात्री भोजमा आफ्नो मन्तव्य दिनुहुँदै दलाली, सुन तस्कर जस्ता काम विमानस्थलकै कर्मचारीबाट हुने गरेकोले तत्काल छानबिन तथा कार्बाही प्रक्रिया अगाडी बढाउने बताउनु भयो। अन्तर्कृयामा नेपाली श्रमिकहरूले उठाएका बिषयहरूको जवाफ दिँदै प्रधानमन्त्रीले देशको आर्थिक भार बोकेको रेमिटेन्स र विदेशमा आर्जन गरेको पुजी देश विकासमा लगाउन सरकारले बिशेष प्रथामिकता दिएको बताउनु भयो।
नेपालको पानी जनताको लगानी नामक उज्यालो कार्यक्रम मार्फत देशलाई सुनौलो सम्वृद्वि तिर लागिएको र सबैलाई सहयोग गर्न अपिल समेत गर्नु भएको छ।

प्रधानमन्त्री दाहालले आइतबार राजदूतावासले आबुधावीमा गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा दूतावासको अवलोकन तथा समस्या परेको घरेलु महिलाहरू बस्ने सेल्टरको वस्तुस्थितिबारे जानकारी लिनुभएको थियो।

वहाँले १४ वर्षदेखि युएईमा मृत्युदण्ड सुनाईएका अमर बहादुर बमको जीवन रक्षाको लागि युएई सरकारसँग आफुले बिशेष अनुरोध गरेको पनि बताउनु भएको यूएईबाट अनिस तामाङले परदेशी खबरलाई जानकारी गराएका छन्।






Related Posts
  • तमु समाज युएईले आउदो जनवरी १० तारिख तमु च्यु ल्होसार भव्यता साथ मनाउदै
  • एनआरएनए कुवेतले इराकमा १४ वर्षदेखि अलपत्र परेकी एक नेपाली महिलाको उद्धार
  • नेपाल आदिवासी जनजाती महासंघ युएई द्वारा Learning & People Development तालिम सम्पन्न
  • काभ्रे कल्याणकारी कोष स्थापनार्थ बृहत सांस्कृतिक कार्यक्रम गर्दै
  • पछिल्ला सम्प्रेसणहरु

    तमु समाज युएईले आउदो जनवरी १० तारिख तमु च्यु ल्होसार भव्यता साथ मनाउदै

    अञ्जु थोकरको ‘सुन सुन साथी’ सार्वजनिक ( भिडियो सहित )

    एनआरएनए कुवेतले इराकमा १४ वर्षदेखि अलपत्र परेकी एक नेपाली महिलाको उद्धार

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस