आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS

अबको केही समयपछि आउँने पुस्ताले लोक दोहोरी नै बिर्सेने हुन् की ? रामजी खाँड

परदेशी खबर २३ पुष २०७३, शनिबार १०:५४ मा प्रकाशित ( ७ साल अघि) ४७५ पाठक संख्या

सरकारले मापदण्ड तोक्न सकेको खण्डमा लोक संगीत व्यवस्थित हुने – कल्पना काफ्ले र भुमिका गिरी

 


आकाश शेर्पा/ जनवरी ७, कुवेत । नेपाली लोक गित संगीतमा आएको परिवर्तन सँगै विकृती र लोकधार पूरा परिवर्तन हुन थालेको प्रती लोक तथा दोहोरी गायक एवं शब्द संकलक रामजी खाँडले चिन्ता व्यक्त गरेका छन् ।

कुवेतको एक कार्यक्रमको उपस्थितिमा परदेशी खबर डटकमसँगको भेटमा कुराकानी गर्दै पुराना पुस्ता र नयाँ आउने पुस्ता बीच धेरै ठुलो खाडल भनेको महसुस गरेका छन् । नेपाली लोक गित संगीतमा आएको यस परिवर्तनले विकृति ल्याउनुको साथै पुराना कलाकारलाई भुल्न थालेको प्रती चिन्ता व्यक्त गरेका हुन् ।

अहिलेको अवस्थामा लोक गितको बजार धेरै खस्किएको तर राम्रो गित आउन छाडेको र पुराना सर्जकहरुको जस्तो गाउँबेशीमा गएर रचना गरिएका पृथक नेपाली शब्द गितहरु अहिलेका युवा पुस्तामा नपाएका नेपाली लोक गित संगीतलाई राम्रोसँग नबुझीकन नै एल्बम निकाल्ने, गाउने प्रचलन बढी मात्रमा बढ्दै गएको बताउछन् ।

 

 

पुराना सर्जकहरुले सक्रियता बढाउनु पर्ने 

पुराना पुस्ता र नयाँ पुस्तालाई जोड्नको निमित्त पुराना सर्जकहरुको सक्रियता बढाउन सके भावी सन्ततिमा पनि नेपाली पृथक लोक संगीतलाई जिवन्त राख्न सकिने रामजी खाँड बताउनु हुन्छ । नयाँ आउँने सर्जकहरुलाई नेपाली लोक संगीत केहो र कस्तो हुन्छन् भन्ने बारेमा पनि जानकारी दिन र सिकाउनु पर्ने आवस्यकता आजको परिस्थितिमा रहेको र लोक संगीत यस्तो हुनुपर्छ है भन्नको निम्ति पुराना कलाकारहरुले पनि कम्तीमा वर्षमा एउटा दुइटा एल्बम बजारमा ल्याउन सकेको खण्डमा नयाँ सर्जकले पनि केही मात्रामा सिक्न र लोक संगीतको बारेमा बुझ्न सकिने लोक गायक खाँड बताउँछन् । बमबहादुर कार्की,प्रेमराजा महत, नारायण रायमाझी, बिमाकुमारी दुराहरुले गाउँने बनाउने लोक गितहरु अहिले पाउन छाडेको अहिले सबै आधुनिकतामा भएकोले लोक संगीतको जगेर्ना गर्न पनि पुराना सर्जकको सक्रियताको खाँचो रहेको बताउँछन् ।

 

 

सरकारले मापदण्ड तोक्न सकेको खण्डमा लोक संगीत व्यवस्थित हुने – कल्पना काफ्ले र भुमिका गिरी

लोक गित संगीतमा अहिलेका नयाँ अनुहार कल्पना काफ्ले बताउछिन् नेपाली लोक संगीतलाई पनि मापदण्ड बनाएर सेन्सर गर्न पाएको खण्डमा नेपाली बजारमा लोक संगीतलाई अझ उचाईमा पुर्‍याउन सकिने र राम्रो लोक संगीतको संरक्षण हुनेमा आशा गर्छिन् । साथै कुवेतमा आएको अवसरमा परदेशी खबर सँगको कुराकानीमा भुमिका गिरीले पनि नेपाली मौलिक परम्परालाई आधुनिकतामा ढाल्न नहुने र नेपाली लोक संगीतमा भएको परिवर्तनलाई विकृति नहोस् र मापदण्ड भएको खण्डमा राम्रो पृथक नेपाली लोक संगीतलाई अझ फराकिलो पार्न सकिने बताउछिन् । कुवेतको कार्यक्रम पनि आफ्नो नेपाली पोसाकमा सजिएर प्रस्तुति दिएकी भुमिका गिरी नेपाली मौलिक परम्परालाई नै आफ्नो उत्कृष्टता दिने बताए परदेशी खबरलाई । पहिले रेडियो नेपाल र नेपाल टेलिभिजन मात्र भएको कारणले स्वर परिक्षा दिएर मात्र गित रेकर्ड गर्ने चलन थियो र त्यो खेर उत्कृष्ट लोक गितहरु हुन्थे तर अहिले छ्यापछ्याप्ती टेलिभिजन र मिडिया भएकोले गर्दा खेरि अव्यवस्थित भएको बताउँछन् लोक गायक रामजी खाँड । र लोक गित संगीतलाई पनि नेपाली चलचित्रमा जस्तै मापदण्ड बनाएर सेन्सर गरेर मात्रै बजाउन पाउनु पर्ने माग सहित राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान मार्फत सरकारसँग पहल पनि थालिसकेको र आउँदो दिनमा यसले लोक गित संगीतमा निरन्तरता पाउने आशा राखेको कुवेत आएका गायक गायिकाहरुले परदेशी खबरसँगको भेटमा बताए ।