आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS

राप्ती भेरी कर्णाली एकता समाजले आयोजना गरेको नयावर्ष बिशेष सांगीतिक धमाका भव्य रुपमा सम्पन्न ( फोटो फिचर )

परदेशी खबर २२ पुष २०७३, शुक्रबार १९:५० मा प्रकाशित ( ७ साल अघि) ५६३ पाठक संख्या

 

 

परदेशी खबर / जनवरी ६,कुवेत ।अंग्रेजी वर्ष २०१७ को अवसरमा राप्ती भेरी कर्णाली एकता समाजले आयोजना गरेको शुभकामना आदनप्रदान तथा बिशेष सांगीतिक धमाका २०१६ भव्य रुपमा सम्पन्न भएको छ ।

कार्यक्रम नेपालबाट आमन्त्रित चर्चित कलाकारहरु रामजी खाँड, कल्पना काफ्ले र भूमिका गिरीको साथमा गरिएको कार्यक्रम कुवेतको जिलीब स्थित वेडिङ हलमा आयोजना भएको हो ।

 

समाजको अध्यक्ष पवनकुमार वलिको सभापतित्व र एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङको प्रमुख अातिथ्यतामा भएको कार्यक्रमको संचालन माधव शर्मा र सुरेश ग्याबा तामाङले गरेका थिए। कार्यक्रममा कुवेतमा सक्रिय विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधीहरुको साथमा कुवेतमा रहेको नेपाली जनसमुदायको भव्य उपस्थित रहेको कार्यक्रममा लोक गायक एवं सर्जक प्रेम कटवाल र भूमिका गिरीले प्रत्यक्ष लोक दोहोरी गाएर भरपुर मनोरन्जन प्रदान समेत गरेका थिए। साथै स्थानिय कलाकार सागर खड्काले पनि आफ्नो प्रस्तुतिद्वारा दर्शकहरुलाई नचाएका थिए। भने सोम रसाइलीको हास्यव्यंग्य प्रस्तुतिले पनि माहोल रमाइलो बनाएको थियो । स्थानीय कलाकार गुप्त गैह्रे र खेम ठकुरीको पनि प्रस्तुति रहेको थियो ।

 

 

 

कार्यक्रम दिनको १ बजेबाट सुरु भई साँझ ५ बजे समापन भएको कार्यक्रममा नेपालबाट आएका कलाकारहरुको प्रस्तुतिबाट कुवेतवासी नेपालीहरुले भरपुर मनोरञ्जन लिएका थिए।