आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS

कुवेत ओर्लिए कार्यक्रमका लागि चर्चित कलाकार हरु

परदेशी खबर २० पुष २०७३, बुधबार २१:५३ मा प्रकाशित ( ७ साल अघि) १९९ पाठक संख्या


परदेशी खबर / जनवरी ४, कुवेत । राप्ती भेरी कर्णाली एकता समाज कुवेतद्वारा आयोजना हुन गइरहेको कार्यक्रमको लागी नेपालबाट चर्चित कलाकारहरु जनवरी ४ मा कुवेत ओर्लिएका छन् ।

अंग्रेजी नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुन लोक तथा दोहोरी गायक तथा मोडल रामजी खाँडको साथमा लोक दोहोरी गायिकाद्वय कल्पना काफ्ले र भुमिका गिरी कुवेत आएका हुन्। कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा आज बेलुकी कलाकारको स्वागतको लागी आयोजक राप्ती भेरी कर्णाली एकता समाजका प्रतिनिधिको साथमा एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङ, कुवेतमा सक्रिय विभिन्न सामाजिक संघ संस्थाको प्रतिनिधिहरुको साथ खोटाङ कुवेत सम्पर्क मञ्चका अध्यक्ष मान्जित राई , लोक गायक तथा लालीगुराँस सांस्कृतिक मञ्चका अध्यक्ष डीबी लोप्चन सहित समाजसेवी, बुद्धिजिवी, कलाकार, पत्रकारद्वारा कलाकारहरुको स्वागत गरिएको छ।

 

नयाँ वर्ष २०१७को शुभकामना आदनप्रदानको साथमा सांगीतिक धमाकाको आयोजना गरेको राप्ती भेरी कर्णाली एकता समाज कुवेतले यहि जनवरी ६ तारीखका दिन कुवेतको जिलीब स्थित वेडिङ हलमा कार्यक्रम तयारी पूरा भईसकेको जानकारी दिईसकेको छ ।