आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

साउदीमा सोनाम ल्होछारको तयारी तिब्र , यही २७ जनवरीमा मनाउने

परदेशी खबर १९ पुष २०७३, मंगलवार १९:३६ मा प्रकाशित ( ७ साल अघि) ३८२ पाठक संख्या


अशिमदोर्जे तामाङ/ जनवरी ३, साउदी अरब। आफ्नो मौलिक कला , संस्कार ,संस्कृति ,धर्म ,भाषा , परम्परा र पहिचानलाई जोगाइराख्नुको साथै यसको बिकास ,उत्थान, सम्बर्द्धन र प्रबर्द्धन गर्नु पर्छ भन्ने अभिप्रायले स्थापित नेपाल तामाङ घेदुङ प्रवास शाखा साउदी अरबले यो बर्ष पनि बिगत झै सम्पुर्ण तामाङ जतिको महान पर्व सोनाम ल्होछार २८५३ (ज्या ल्हो, चरा बर्ग ) धुमधाम मनाउने भएको छ । यसको लागि सुप्रीम गोले तामाङको संयोजकत्वमा सोनाम ल्होछार २८५३ मुल समारोह अयोजक समिति गठन गरेको छ । बिगत धेरै समय युनाईटेड अरब इमिरेट्स दुबईमा रहदै तामाङ समाज युएईमा आबद्ध रहि विभिन्न तामाङ गतिविधि र सामाजिक क्रियाकलापमा सहभागी हुँदै आइरहेका सुप्रीम हाल रोजगारको सिलसिलामा साउदी अरब जेद्धाको आगमन संगै उनको सामाजिक कामले चुस्त गति पाइरहेका छन यससंगै उनकै संयोजकत्वमा ल्होछार मुल समारोह अयोजक समिती गठन भएको हो ।

सोनाम ल्होछार (ज्या ल्हो ) नेपाली पात्रो अनुसार यो बर्ष माघ १५ गते शनिबार पारेता पनि बिदेशी भुमी र सबैको समयको अनुकुलता संगै उपस्थितिलाई ध्यानमा रखी साउदी घेदुङले एक दिन अगाबै ल्होछारको स्वागत स्वरुप माघ १४ अर्थात २७ जनवरी २०१७ शुक्रबार मनाउन लगिएको साउदी घेदुङ अध्यक्ष बिगेन्द्र वाइबा तामाङले जानकारी गराए ।

बिहान ११ बजे शुरु हुने ल्होछार विशेष कार्यक्रम साउदी अरब जेद्धा शहरको सरफिया स्थित हिलटप रेस्टुरेन्टको कार्यक्रम हलमा हुने भएको छ । कार्यक्रममा विभिन्न मौलिक संस्कृति झल्किने प्रस्तुतिहरु हुनेछ भने स्थानीय चर्चित कलाकारहरुको आ आफ्नो बेजोड सांगीतिक प्रस्तुतिहरु पस्किने छन । २८५३ सोनाम ल्होछार विशेष कार्यक्रममा साउदी अरब जेद्धाका महावाणिज्यदूत रेवती रमण पौडेल प्रमुख अतिथि रहनेछन् ।

कार्यक्रममा उपस्थित भै कार्यक्रम भब्य सफल परिदिन अयोजक तामाङ घेदुङ साउदी अरब जेद्धाले साउदी अरब पश्चिम् क्षेत्रमा रहेका सम्पुर्ण तामाङ समुदाय, गैर तामाङ नेपाली दाजुभाइ तथा दिदिबहिनी ,विभिन्न संघ संस्थाका प्रतिनिधि तथा पदाधिकारी , समाजसेवि, बुद्धिजीवी र पत्रकारलाई उपस्थितिको निम्ति अनुरोध समेत गरेका छ ।