आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाललाई १२ स्वर्ण

परदेशी खबर १८ पुष २०७३, सोमबार ०४:११ मा प्रकाशित ( ७ साल अघि) २३३ पाठक संख्या

नेपालका रोशन खान उत्कृष्ट प्रशिक्षक

पुस १८,काठमाडौं l भारतको कोलकातामा भएको पहिलो खुल्ला टिआइए अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले १२ स्वर्णसहित ३५ पदक जितेको छ । पाँचदिन चलेको च्याम्पियनसिपमा नेपालले १२ स्वर्ण, ८ रजत र १५ कास्य पदक जितेको हो । नेपालले फाइटमा ९ र पुम्सेमा ३ स्वर्ण पदक हात पारेको हो । नेपाली टोलीका प्रशिक्षक रोसन खान उत्कृष्ट प्रशिक्षक चुनिए । नेपालका रोहीत गिरीले २९ केजी र निता गुरुङले ५३ केजीमा फाइट र पुम्से दुवैमा स्वर्ण पदक जिते । फाइटतर्फ पुरुषको ८० केजीमा धनबहादुर दराई, ७३ केजीमा गोकुल अधिकारी र ५४ केजीमा सिसिर श्रेष्ठले स्वर्ण जिते । फाइटकै महिलाको ५३ केजीमा पार्वती गुरुङ, ४९ केजीमा सुस्मीता थापा र ५४ केजीमा दिक्षा कार्कीले नेपाललाई स्वर्ण पदक दिलाए । त्यस्तै पुम्सेमा प्रतिक पाठक र रेजिन रिमालले पनि स्वर्ण पदक जिते ।
च्याम्पियनसिपमा मोहम्मद कलिमउल्लाह, अस्मिता मगर र निक्की पुन पुम्से र फाइटमा रजत जित्न सफल भए । त्यस्तै शिशीर श्रेष्ठ रुवीना घलेले पुम्सेतर्फ रजत पदक हात पारे ।
यस्तै, च्याम्पियनसिपको पुम्सेमा रन्जित चौधरी, दिपेन्द्र नेपाली, मोहम्मद उमर खान, उपेसकुमार यादव र सविन मजाकोटीले कास्य पदक हात पारे । फाइटमा अस्विन थापा कास्य जित्दा चन्द्रबहादुर मगरले फाइट र पुम्से दुवैमा कास्य जित्न सफल भए ।चितवन जिल्ला तेक्वान्दो कार्यसमितिको ब्यवस्थापनमा ४३ खेलाडीले च्याम्पियनसिपमा सहभागिता जनाएका थिए । च्याम्पियनसिपमा नेपाल, कोरिया, मलेसिया, जापान, इन्डोनेसिया बंगलादेशलगायत ९ देशका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । साभारःउज्यालो अनलाइनबाट