आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS

धादिङका भूकम्प प्रभावितका लागि चौधरी फाउन्डेसनद्वारा २६६ घर हस्तान्तरण

परदेशी खबर ६ पुष २०७३, बुधबार ०३:५७ मा प्रकाशित ( ७ साल अघि) १६६ पाठक संख्या

पुस ६, काठमाण्डौ l चौधरी फाउन्डेसनले धादिङका भूकम्प प्रभावितका लागि २ सय ६६ ट्रान्जिसनल होम (सीजी आश्रय) तथा दुई विद्यालय भवन (सीजी शिक्षालय) हस्तान्तरण गरेको छ ।

बसेरीको नौवटा वडाका भूकम्प प्रभावितहरूका लागि उक्त आश्रय हस्तान्तरण गरिएको जारी विज्ञप्तिमा छ । यसैगरी धादिङको सल्यानटारमा फाउन्डेसनद्वारा निर्मित दुई भूकम्पप्रतिरोधी विद्यालय भवनहरू पनि विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको जनाएको छ ।

सल्यानटार ४ अवस्थित रानीपौवा उच्च माध्यमिक विद्यालय तथा सल्यानटार ८ अवस्थित कमलादेवी निम्न माध्यमिक विद्यालयका लागि बनाइएका भवनहरू धादिङका सहायक प्रमुख जिल्ला अधिकारी राममणि मिश्र तथा चौधरी फाउन्डेसनका पदाधिकारीहरूलाई हस्तान्तरण गरिएको पनि विज्ञप्तिमा छ । ‘भूकम्पपछि लामो समय बितिसकेको छ । तर, भूकम्प प्रभावितहरूको समस्या भने उस्तै छ,’ फाउन्डेसन अध्यक्ष विनोद चौधरीले भने, ‘भूकम्पमा घर गुमाएकाहरूलाई वैकल्पिक बासस्थानको व्यवस्था गर्नु हाम्रो दायित्व हो । चौधरी फाउन्डेसनले त्यही प्रयासलाई जारी राखेको छ ।’साभारः कान्तिपुर अनलाइनबाट