रामजी खाँडको साथ कुवेतमा नयाँ वर्ष मनाउँदै राप्ती भेरी कर्णाली एकता समाज

 

परदेशी खबर / डिसेम्बर २०,कुवेत । “आजको आवस्यकता हामी सबै नेपालीको एकता ” भन्ने मुल नारालाई उठान गर्दै एकता भएको राप्ती भेरी कर्णाली समाज कुवेतले नयाँ वर्षको अवसर पारेर नेपालबाट आमन्त्रित कलाकारको साथमा शुभकामना आदनप्रदान सहित साँस्कृतिक कार्यक्रम गरि मनाईने भएको छ ।
नेपालबाट आमन्त्रण गरिएको कलाकारहरु चर्चित लोक गायक रामजी खाँडको साथमा भुमिका गिरि र कल्पना काफ्ले कुवेत आउने पक्का भएको जानकारी समाजद्वारा परदेशी खबरलाई दिएको छ ।
नयाँ वर्ष २०१७ को अवसर पारी आयोजना गर्न लागिएको उक्त कार्यक्रमको पुर्ण तयारी भैसकेको राप्ती भेरी कर्णाली समाज कुवेतले परदेशी खबरलाई बताएको छ । २०१७ जनवरी ६ तारिखका दिन कुवेतको जिलीब स्थित वेडिङ हलमा बृहत साँस्कृतिक कार्यक्रम सहित शुभकामना आदनप्रदान गरेर कुवेत बासीलाई मनोरञ्जन दिन लागिएको बताए ।

साथै कुवेतमा सक्रिय विभिन्न संघ संस्थाका प्रतिनिधिको साथमा बुद्धिजीवी,समाजसेवी,व्यवसायी,पत्रकार, कलाकार,खेलाडीको साथै कुवेतमा रहेका नेपाली जनसमुदायलाई उपस्थित भई कार्यक्रम सफल बनाईदिन आग्रह गरेको छ।

मिति :- जनवरी ०६,२०१७
स्थान :- वेडिङ हल जिलिब पुलिस स्टेसन पछाडि
समय दिनको :- ११:०० बजे






Related Posts
  • नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो
  • घरबेटीलाई प्राधिकरणको आग्रहः भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउनुस्
  • लोक दोहोरी गायिका प्रमिला तामाङबाट म्हेन्दोमाया गायिकाहरुले केही सिक्नेकी ? (भिडियो सहित )
  • सेनाभित्र मौलायो बिकृती, सलामी नगर्ने ३० जनामाथि कारवाही
  • पछिल्ला सम्प्रेसणहरु

    थाल्यो संवाद नेपाली स्याटेलाइटले, ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटको दोहोरो सम्पर्क

    नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो

    घरबेटीलाई प्राधिकरणको आग्रहः भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउनुस्

    बिजनेष

    ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस