आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

उधौली पर्वको समेपूर्ण तैयारी पुरा, उपस्थितीको लागी सबैमा अनुरोध

परदेशी खबर ५ पुष २०७३, मंगलवार ०६:३८ मा प्रकाशित ( ७ साल अघि) ४०४ पाठक संख्या

डिसेम्बर २०, कुवेत। किरात राई यायोक्खा कुवेतले आयोजना गर्ने उधौली पर्वको सम्पूर्ण तैयारी पुरा भएको छ।
आगमी डिसेम्बर २३ तारीक शुक्रबार आयोजना हुने कार्यक्रम जिलिव स्थित रिदम हलमा आयोजना हुदैछ।

नेपाली राजदूतावास कुवेतका प्रतिनिधी, प्रमुख अतिथी र एनआरएनए/राष्ट्रिय समन्वय परिषद कुवेतका प्रतिनिधी बिशेष अतिथी रहने कार्यक्रमको लागी कुवेतमा कृयाशील सम्पूर्ण संघ संस्थाहरु, बुद्दिजिवीहरु, समाजसेवीहरु, कलाकारहरु, पत्रकारहरु, खेलाडीहरुलाई पत्रद्वारा निमन्त्रणा पठाईएको र कुनै कारणबस पत्र प्राप्त नभएको खण्डमा यसै समाचारलाई आधार मानी उपस्थित भई दिनुहुन किरात राई यायोक्खा कुवेत शाखाका अध्यक्ष राजकुमार राईले सबैमा अनुरोध गरेका छन्।

कार्यक्रम हुने
मिति : २३ डगसेम्बर, २०१६
स्थान : रिदम हल जिलिव
समय : १२:३० बजे