आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

नेपाल तामाङ समाज मलेसियाले रास्ट्रिय पर्व सोनाम ल्होछार धुमधामका साथ मनाउने

परदेशी खबर २७ मंसिर २०७३, सोमबार १८:०८ मा प्रकाशित ( ७ साल अघि) १४४ पाठक संख्या

निमाराज पख्रीन/ डिसेम्बर १२, मलेसिया। “हाम्रो संस्कृति हाम्रो परम्परा, जोगाऔँ भन्ने हाम्रो अवधारणा” भन्ने मुल नाराका साथ हरेक मानविय उद्दार तथा जातिय उत्थानका निमित्त गठन गरिएको नेपाल तामाङ समाज मलेसियाले २८५३ औँ ज्युवा ल्होछार चरा बर्ग मनाउने भएको छ। तामाङ समाज मलेसियाको केन्द्रिय समितिको ११ तारिक बसेको नियमित मासिक बैठकले यो निर्णाय गरेको हो।

मलेसियाको कोताराय स्थित एरिना होटलमा २८ जनवरी बिहान स्थानिय समयानुसार ठिक १० बजेबाट सुरु हुने कार्यक्रमको तय भएको छ। तामाङ समाज मलेसियाको अध्यक्ष चक्र तामाङ (घिसिङ) को अध्यक्षतामा बसेको सो बैठकले आउँदै गरेको तामाङ जातीहरुको नववर्षको रुपमा मनाईने “सोनाम ल्होछार” लाई भव्यताका साथ मनाउने निर्णय गरेको हो। संस्थाले नेपालबाट ख्याति प्राप्त कलाकारहरुलाई मलेसियामा ल्याएर सांगीतिक कार्यक्रम गरी “सोनाम ल्होसार ” मनाउने निर्णय समेत गरेको छ । अहिले कुन कुन कलाकारहरु ल्याउने भन्ने बिषयमा टुङ्गो भई नसकेकोले पुनः अनलाइन मिडियाहरुबाटै जानकारी गराउने संस्थाका अध्यक्ष तामाङले बताएका छन्।

नेपालको मध्य पहाडी क्षेत्रमा बसोबास गर्दै आएको तामाङ जातिहरुले माघ शुक्ल प्रतिपदाको दिनलाई सोनाम ल्होछार मनाउदै आएका छन्। यो ल्होछार नेपालका विभिन्न जातजातिहरु जस्तै तामाङ, गुरुङ, शेर्पा लगाएतले पनि मनाउने गरेका छन । नेपाल सरकारले २०६४ देखि सोनाम ल्होछारका दिनलाई पनि सार्वजनिक बिदा समेत दिंदै आएको छ ।

बैठकले अर्थ/बजार व्यवस्थापन समिती , कलाकार व्यवस्थापन समिती , स्वंयमसेवक व्यवस्थापन समिती र प्रचारप्रसार समिती गरेर चार विभागमा गठन  गरी तयारीमा जुटेको छ।