आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

नीजि अस्पतालमा १० प्रतिशत बिरामीलाई निःशूल्क उपचार

परदेशी खबर २७ मंसिर २०७३, सोमबार ०६:०१ मा प्रकाशित ( ७ साल अघि) १६२ पाठक संख्या

मंसिर २७,काठमाडौं l नीजि अस्पतालले १० प्रतिशत बिरामीलाई निःशूल्क उपचार गर्नैपर्ने भएको छ । अस्पताल सञ्चालनको अनुमति पत्र लिँदा नै १० प्रतिशत बिरामीलाई निःशूल्क उपचार गराउने सहमति जनाए पनि विपन्न बिरामीको छनौट तथा कुन कुन उपचारमा छुट दिने भन्ने समस्या भएको भन्दै अस्पताले कार्यान्वयन गरेका थिएनन् ।

स्वास्थ्य मन्त्री गगन थापाले नीजि स्वास्थ्य संस्था संचालकसँग विपन्न विरामीको छनौट, सिफारिसको व्यवस्था लगायत कुरामा सहमति गरेपछि नीजि अस्पताल सञ्चालक १० प्रतिशत बिरामीलाई निःशूल्क उपचार दिन सहमत भएका हुन् । सहमति अनुसार निःशूल्क उपचारमा ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र एकल महिलालाई प्राथमिकता दिइने छ ।
त्यस्तै गाविस, नगरपालिकाको वडा कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय र काठमाडौंमा वीर अस्पतालबाट ल्याउने सिफारिसलाई आधिकारिक मान्ने, र नि:शूल्क उपचारको व्यवस्था कार्यान्वयन भए नभएकोबारे अनुगमन गर्न संयन्त्र बनाउने विषयमा पनि सहमति भएको छ ।उज्यालो अनलाइनबाट