आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024
FLASH NEWS

कविता – उदास छ मेरो देश नेपाल

परदेशी खबर ३० कार्तिक २०७३, मंगलवार ०६:५८ मा प्रकाशित ( ७ साल अघि) २७९ पाठक संख्या

जीर्ण उदाङ्गो अनिदो जस्तै

खङरङ्गै सुकेको बृद्धा वृक्ष जस्तै
बोली नफुटने अचल जड जस्तै
आशैआशामा हारेर निराश जस्तै
कठै मेरो प्रण भन्दा प्यारो देश नेपाल
आज करुणा मय अबस्थामाछ नेपाल
जगतको शान्ती यहि त थ्योनी
स्वरगै थियो कान्तिपुरी नगरी
हेर्दाहेर्दै परिवर्तन समशान घाटमा
आर्तदर्द चीत्कार भरिए एकै रातमा
हेर्दाहेर्दै शोकाकुल आँसुमा डुब्यो नेपाल
मनोरम खुशी छिनाइ पलमै सङ्कटमा घेरीयो नेपाल
यो घडी कति करुणिक दृश्य थिए सम्झन्दै मुटुमा शुल हुन्छ
लेख्दिन झुठो जीवनमा ठुलो भुल हुन्छ
मरिजाने मरिगए बाँच्नेलाइ पीडा
पाएनन पीडितले राहत अरुलाइ नि भए सिधा
बुद्ध जन्मेर खै के भयो दङ्गामा बाँचेकोछ नेपाल रामशाह जति मरिगय कङ्शको शासनमा परेकोछ नेपाल
मै खाउ मिठो मै बाँचौ मरुन सबै दुर्बलहरु
षड्यन्त्र र छल कपटमा बाँचेकाछन दुर्जनहरु
इज्जतको कुनै मूल्य छैन सरमको नामै छैन
यो देशमा घोटाला नहुने ठाँउ कुनै छैन
धन्न बाँचेको छ पदूषणमा मेरो देश नेपाल
छात्तिभरी सङ्गिन गाडी हाँसेकै छ नेपाल
खै कसरी यहाँ मुक्ती दिलाउँछन
अमृतको नाम मा यहाँ बिष पिलाउँछन
राष्ट्रघात गरि यहाँ तरवार चलाउँछन
चोर डाँका लाई सेवक बनाउँछन
खै के हुने हो भोलि मेरो देश नेपाल
बिश्वको मानचित्र मा रहला कि नरहला यो नेपाल
रहला कि नरहला देश नेपाल !!

 
रकम राई
खोटाङ नेपाल
हाल ब्रुनाई