आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

साउदीमा कार्यरत युवाहरुद्वारा मंगलबारे फूटबल क्लब मोरंगलाई आर्थिक सहयोग

परदेशी खबर २३ कार्तिक २०७३, मंगलवार ०६:१८ मा प्रकाशित ( ७ साल अघि) २०३ पाठक संख्या

 

दिपेन्द्र खड्का/ नोभेम्बर ८, साउदी अरब। देश र खेल प्रेमीहरुको लागी केही सहयोग गरौं भन्ने भावना बोकेका सम्पूर्ण युनाईटेड फूटबल क्लबका खेलाडीहरुको भावना र चाहना अनुरुप साउदी अरबमा कार्यरत युवाहरुले मोरंगको मंगलबारे फूटबल क्लबको लागी खेलकुद सामाग्री खरिदको लागी साउदी रियाल २ सय अठ्ठाईस (नेपाली रुपैयाँ ६ हजार ३ सय चौरासी) सहयोग गरेका छन्।

साउदीको आर्थिक मन्दिका वाबजुद पनि आफ्नो देश र खेलकुदको लागी साउदी अरबमा नै नेपाली फूटबल टिम बनाई खेल्दै आईरहेको क्लब युनाईटेड फूटबल क्लबले उक्त सहयोग गरेको हो।

सहयोग प्राप्त भएपछि मंगलबारेका खेल संरक्षक सन्जिब बुढाथोकीले जे जति भए पनि सहयोगी मन भएर नै यो कार्य भएको भन्दै खुशी ब्यक्त गरेका छन्।