आज: ४ बैशाख २०८१, मंगलवार | Tue, 16, Apr, 2024
FLASH NEWS

कविता " नेपाली र इच्छा "

परदेशी खबर १५ कार्तिक २०७३, सोमबार ०६:३१ मा प्रकाशित ( ७ साल अघि) ७६१ पाठक संख्या
screenshot_2016-03-03-11-28-30-1

रमेश रसिक

 

 

छन्द=मन्दक्रान्ता
राख्छौँ साच्चै मुलुक मनमा राष्ट्र बादी भएमा।
दुख्थ्यो हाम्रो मन र मुटुमा देश डुब्दै गएमा।
गर्छौँ पूरा सहिद सपना बाड्न हाँसो सबैमा।
आजै चालौँ कदम पथमा हुन्न गाह्रो कसैमा।

बढ्छौँ हामी शिखर छुनमा दु:ख सारा भगाई।
बन्थ्यो साच्चै दिल कमल झैं स्वार्थ हाम्रो हटाई।
राख्छौँ हामी नजर सबमा शत्रु या मित्र हाम्रो।
फाल्छौँ हामी कुलत मनको हुन्छ जो भित्र हाम्रो।

मिल्थ्यो आशा निडर हुनुमा आज हामी मिलेमा।
हाँसो बग्थ्यो अधर भरमा शत्रु हाम्ले जितेमा।
नेपाली हौ मन छ सबको शान्तिको दीप बाल्न।
हाँस्दै सक्छौँ वचन दिन यो देश हामी उचाल्न।

सुक्थ्यो साच्चै सब नयनका आँसु यी कष्ट भुल्न।
मिल्दै सारा अब त नपरौं विश्वको माझ डुल्न।
लाऔं हाम्ले नजर सबको हुन्छ हाम्रो बिकास।
नेपालीको मन मुटु मिले देश लिन्थ्यो निकास।

 

 

 
रमेश रसिक
निजगढ