आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

गजल बनेको छ

परदेशी खबर ११ कार्तिक २०७३, बिहीबार ०९:०० मा प्रकाशित ( ७ साल अघि) २३६ पाठक संख्या
जगत खड्का दोलखाली

जगत खड्का दोलखाली

 

 

लाग्छ अौकात नाप्न मान सम्मान बनेको हो
भाँडोको भार धान्नलाई अोदान बनेको हो

हो मृत्यु पछि अाफन्तको परिचय दिलाउन
दाह संकारको नाम दिंदै चिहान बनेको हो

मलाई मेरो बाबाले यै भन्नू हुन्छ बारम्बार
फलामको अाकार दिन अारान बनेको हो

ऊ त्यो घरको माली थ्यो यही कारण हेर्नुस्
कौशी वरी परी फूलको बगान बनेको हो

बिधानको मात्र किताब बन्दा हाम्रो देशमा
भष्टचारी सदैब हेर्नुस् अन्जान बनेको हो

 

 

 

 

 

खड्का जगत दोलखाली

दोलखा नेपाल 

हाल मलेसिया