कुवेतमा कार्यरत नेपालीहरुलाई शिफा अल जाजीरा मेडिकल सेन्टरले २५प्रतिशत छुटमा उपचार गर्ने

परदेशी खबर,  अक्टोबर ८, कुवेत। शिफा अल-जजिरा मेडिकल सेन्टर, फाहाहिल शाखाले कुवेतमा कार्यरत नेपाली बिरामीहरुका लागि आफ्नो चेक-जाँचका क्रममा २५ प्रतिशत छुट दिने जानकारी दिएको छ। मेडिकल सेन्टर फाहाहिल शाखाका जनरल म्यानेजर रज्वान अब्दुल कादरद्वार जारी बिज्ञाप्ति मार्फत उक्त कुराको जानकारी दिईएको हो।

शिफा अल जाजीराद्वारा जारी गरिएको बिज्ञाप्तिका अनुसार कुनै पनि नेपाली बिरामीले फाहाहील शाखामा आफ्नो सिभिल आईडी वा पासपोर्टबाट चेक-जाँच गराउँदा २५ प्रतिशत छुट दिईने छ, तर औषधीमा भने पुरा शुल्क लाग्ने जनाएको छ।

नेपालीहरुले निम्न सेवा-सुबिधामा शिफा अल-जजिरा मेडिकल सेन्टर फाहहिल शाखाबाट २५ प्रतिशत छुट लिन सक्नेछन्।

-Consultation – अनुभबी चिकित्सकहरु संग खुलेर परामर्श लिन सकिने।
-Laboratory Investigation – ल्याब सम्बन्धी जाँच।
-X-ray – एक्सरे सेवा।
-Radiology Procedures – रेडियोलोजी सम्बन्धी चेक-जाँच ।
-Ultra Sound – अल्ट्रा साउन्ड(पेटमा बच्चा हुँदा वा पेटको बिरामी सम्बन्धी चेक-जाँच)।
-Sonograms- सोनोग्रास (ध्वनी सम्बन्धी चेक-जाँच )।
-Dental – दाँतको रोग सम्बन्धी चेक-जाँच ।
-Cosmetology Beauty Clinic – ब्युटी, कस्मेटिक अर्थात शारिरिक सौन्दर्यता सम्बन्धि चेक-जाँच तथा परामर्श।

जाजीराले हाल फाहाहील शाखाबाट सन्चालन गरिने यो सेवा र निकट भबिष्यमा नेपालीहरुको लागि कुवेतका पुरै शाखाबाट पनि सन्चालन गरिने छ। शिफाको बिज्ञाप्तिमा उल्लेख छ।

शिफा अल जाजीराको प्बिज्ञाप्ति जस्ताको त्यस्तै:

image






Related Posts
  • थप २५५ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १६ हजार ४२३ पुग्यो
  • कुवेतमा कोरोना संक्रमनबाट ५२ हजार ७ सङ्क्रमित, ७६२ नयाँ संक्रमित, दुई जनाको मृत्‍यु (अपडेट)
  • कृष्ण गण्डकी समाज दक्षिण कोरियाद्वारा अग्निपिडितलाई सहयोग
  • युएईमा कोभिड_१९ को पछिल्लो अपडेट
  • पछिल्ला सम्प्रेसणहरु

    थप २५५ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १६ हजार ४२३ पुग्यो

    कुवेतमा कोरोना संक्रमनबाट ५२ हजार ७ सङ्क्रमित, ७६२ नयाँ संक्रमित, दुई जनाको मृत्‍यु (अपडेट)

    कृष्ण गण्डकी समाज दक्षिण कोरियाद्वारा अग्निपिडितलाई सहयोग

    बिजनेष

    आँखी झ्यालबाट लकडाउन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस