यस्तो होस र पो दशैं

बिक्रम मल्ल ठकुरी"पर्सिक्षाती

 

 

नवदुर्गा भगवानले रक्षा गरून, 
मन प्रर्फुल्ल रहोस सधै       
जौ को जमरा शिरमा, 
निधारभरी टिका होस र पो दशैं।

हजुर बुबा देखि हजुर मुवा सम्मको
मान्यजनबाट टिका र जमरा थापी
नाताका सानालाई लगाई दिई
आशीर्वाद दिन र लिन पाईयोस र पो दशैं।
टिका,जमरा र नयाँ बस्त्रमा सजिएर चट्ट
कोटघर गई नौमती बाजामा ढाल तरवारमा
ताल मा ताल नाँच देखाउन पाईयोस र पो दशैं

आ-आफ्नो सस्कार रितिरिवाज 
संरक्षणमा लागौ भन्दै 
दौडेँ मादलको तालमा मालश्रीको
भाका घन्क्याउन  पाईयोस र पो दशैं।
परिवार एक आपसमा सुख शान्ति
सु-स्वास्थ्य दिर्घायुको संगै बसेर 
शुभकामना आदान-प्रदान गर्न पाईयोस र पो दशैं ।

……तर बिडम्बना यै छ , हाम्रो समाजमा
टाउके महाशय ज्युहरू को मोज मस्तीमा दशैं,
लगभग ६० लाख युवा मुग्लानमा सोच्दैछन
आखिर के हो दशैं ? ? ?
क्यारौ त नि परदेशमा चाही तन्न बिदा होस,
महिनौ पिच्छे तलब बढोस साथमा सबै सबै
साथी भाई संग घुम्दै रमाउदै नेपाली 
परिकारको स्वाद लिन पाईयोस र पो दशैं।।

 

 

 
रजवारा – १ प्युठान
हाल :- द.कोरिया






Related Posts
  • थप २५५ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १६ हजार ४२३ पुग्यो
  • कुवेतमा कोरोना संक्रमनबाट ५२ हजार ७ सङ्क्रमित, ७६२ नयाँ संक्रमित, दुई जनाको मृत्‍यु (अपडेट)
  • कृष्ण गण्डकी समाज दक्षिण कोरियाद्वारा अग्निपिडितलाई सहयोग
  • युएईमा कोभिड_१९ को पछिल्लो अपडेट
  • पछिल्ला सम्प्रेसणहरु

    थप २५५ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १६ हजार ४२३ पुग्यो

    कुवेतमा कोरोना संक्रमनबाट ५२ हजार ७ सङ्क्रमित, ७६२ नयाँ संक्रमित, दुई जनाको मृत्‍यु (अपडेट)

    कृष्ण गण्डकी समाज दक्षिण कोरियाद्वारा अग्निपिडितलाई सहयोग

    बिजनेष

    आँखी झ्यालबाट लकडाउन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस