आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

दशैं तिहार बिशेष गजल

परदेशी खबर ११ आश्विन २०७३, मंगलवार १६:३८ मा प्रकाशित ( ७ साल अघि) २०५४ पाठक संख्या

received_2002063240015232

 
दशै अनि तिहार आयो फेरि रुन पर्ने होला
बुढि आमा प्यारि लाई मेरि रुन पर्ने होला

फर्किदै होलान साथि ,,,,भाई मुग्लान बाट
बहिनी तिम्ले कठै बाटो हेरि रुन पर्ने होला

कस्ले पैरि देला खै?सयप्रति फुलको माला
बैनि फोटो अङ्गालोमा बेरि रुन पर्ने होला

रंगि चङ्गि फुल,,, फुले होलान आगन भरि
निहार्सो हालो ,,,हाम्रो मझेरि रुन पर्ने होला

देउसि भैलो,,,,खेल्दै साथि संगिनि संगको
आउँछ याद,,फेरि सम्झे खेरि रुन पर्ने होला

 

 

 

 

 

सुरज बिक निर्दोष
लयाँटि ७ तप्सि अछाम
हाल : मुम्बई भारत