आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

म्हेन्दोमाया कन्सर्ट २०७३ भब्य रुपले सम्पन्न

परदेशी खबर १० आश्विन २०७३, सोमबार १८:४६ मा प्रकाशित ( ७ साल अघि) २२७ पाठक संख्या

image

लामा भाई/ सेप्टेम्बर २६, काठमाडौं। म्हेन्दोमाया कलाकार संघ नेपालद्धारा आयोजित म्हेन्दोमाया कन्सर्ट २०७३ भब्य रुपले सम्मान भएको छ । कार्यक्रम सेप्टेम्बर २४ (असोज ८) मा नेपालको राजधानी नयाँ बसपार्क स्थित बि एस टि कलेजमा आयोजना भएको हो।

कार्यक्रम “हाम्रो गौरव हाम्रो शान, हाम्रो संस्कार संस्कृति हाम्रो परिचय, हाम्रो पहिचान” भन्ने मुल नाराका साथ म्हेन्दोमाया गीत संगीतको प्रबर्द्धनको लागी छैटौं म्हेन्दोमाया कन्सर्ट २०७३ आयोजना भएको हो।

कन्सर्ट संस्थाका अध्यक्ष एंव म्हेन्दोमाया किङ चर्चित गायक सगर एस वाईबाको सभापतित्वमा र संरक्षक मर्नेन तामाङद्धारा दिप प्रज्वलन गरि उद्घाटन गरिएको कार्यक्रममा अधिकांस म्हेन्दोमाया कलाकारहरुले आ-आफ्नो बेजोड प्रस्तुतिहरुद्वारा उपस्थित सम्पूर्ण अतिथि तथा दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।

कन्सर्टमा मिस तामाङका बिजेताहारु पाँच जनालाई उक्त कार्यक्रम बीच संस्थाको तर्फबाट अध्यक्ष वाईबाले खादा लगाएर सम्मान गरेका थिए। संस्थाका सचिव राम गोन्ज र बिनु लोप्चनद्धारा संचालित कार्यक्रम दिउँसो २ बजेदेखि बेलुका ७ बजे सम्म चलेको थियो ।

सभापति सागर एस वाईबाले अन्त्यमा आर्थिक नैतिक र भौतिक रुपमा सहयोग गर्ने सम्पुर्ण सहयोगी दाताहरुलाई आभार प्रकट एंव धन्यवाद व्यक्त गर्दै म्हेन्दोमाया कलाकार संघले बर्षमा दुइटा कार्यक्रम ल्होछार र म्हेन्दोमाया कन्सर्ट गर्ने वाचा सहित आफ्नो नयाँ र पुरानो गीतहरु प्रस्तुत गर्दै उपस्थित सबैलाई नचाएको थियो ।

image