आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

टुँडिखेलमा यस्तो देखियो पहिलो संविधान दिवस (फोटो फिचर)

परदेशी खबर ३ आश्विन २०७३, सोमबार ०९:०८ मा प्रकाशित ( ७ साल अघि) १४३ पाठक संख्या

190920161204181st_constitution_day-12-1000x0

आश्विन ३/ काठमाडौं l संविधानसभाबाट संविधान जारी भएको एक वर्ष पूरा भएको अवसरमा सोमबार बिहान काठमाडौंको टुँडिखेलमा सरकारले ‘संविधान दिवस’ मनाएको छ ।

संविधान दिवस मूल समारोह समितिको आयोजनामा बिहान सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मनाइएको हो । सोमबार देशैभर संविधान दिवस विविध कार्यक्रम मनाइयो ।

टुँडिखेलमा भएको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश सुशीला कार्कीलगायत संवैधानिक अंगका प्रमुखहरुको उपस्थिति थियो । उपराष्ट्रपति नन्दबहादुर पुन भने विदेश भ्रमणमा छन् ।

विशिष्ट पदाधिकारीको उपस्थितिमा नेपाली सेनाले हेलिकप्टरबाट ‘संविधान दिवस– २०७३’ अंकित व्यानर प्रदर्शन गरेको थियो । हेलिकप्टरबाटै पुष्पवृष्टि, बेलुन उडाइएको थियो । विशिष्ट पदाधिकारीले शान्तिका प्रतीक परेवा उडाए ।

कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, स्काउट र विभिन्न विद्यालय तथा कलेजका विद्यार्थीहरुले मार्स पास गरे ।

नेपालको संवैधानिक इतिहासमा यसअघि ६ वटा संविधान जारी भए पनि संविधानसभाबाटै जारी भएको यो पहिलो संविधान हो । साभारः कान्तिपुर अनलाइनबाट

190920161204191st_constitution_day-11-1000x0 190920161204031st_constitution_day-3-1000x0 190920161204031st_constitution_day-1-1000x0 190920161204041st_constitution_day-4-1000x0 190920161204041st_constitution_day-2-1000x0 190920161204041st_constitution_day-5-1000x0 190920161204071st_constitution_day-8-1000x0 190920161204081st_constitution_day-9-1000x0 190920161204081st_constitution_day-7-1000x0 190920161204181st_constitution_day-10-1000x0 190920161204181st_constitution_day-12-1000x0 190920161204181st_constitution_day-13-1000x0 190920161204281st_constitution_day-15-1000x0 190920161204281st_constitution_day-16-1000x0 190920161204291st_constitution_day-14-1000x0 190920161204291st_constitution_day-17-1000x0 190920161204381st_constitution_day-18-1000x0 190920161204391st_constitution_day-20-1000x0 190920161204391st_constitution_day-19-1000x0 190920161204491st_constitution_day-22-1000x0