आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024
FLASH NEWS

”मौलिक सांगीतिक साँझ २०७३” भब्य रुपले सम्पन्न

परदेशी खबर २५ भाद्र २०७३, शनिबार ०८:३४ मा प्रकाशित ( ७ साल अघि) ४२६ पाठक संख्या

img_3471लामा भाई / भदौ २५, काठमाडौं l  Social Development Foundation द्धारा आयोजित राष्ट्रिय नाचघर जमल, काठमाण्डौमा ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुतिको साथमा ”मौलिक सांगीतिक साँझ २०७३” हिजो भदौ २४ गते भब्य रुपले सम्पन्न भएको छ ।

अनलाईन टिभी अन्नपुर्णबाट प्रत्यक्ष्य प्रसारण रहेका उक्त कार्यक्रममा त्रिशुली तामाङ समाजका कलाकारहरुको बेजोड नृत्यले अतिथि तथा दर्शकबृन्द हरुलाई स्वागत गर्दै संगीतिकमय बनाएको थियो । अतिथि कलाकारहरु चर्चित गायक रोज मोक्तान, बरिस्ठ गायिका इन्दिरा गोले, चर्चित गायक कमल खत्री र संगीत संग्रामको बिजेता धुर्ब तामाङ, परदेशी गायक भनेर रुचाउने लोक तथा म्हेन्दोमाया गायक पुष्प वाईबा, म्हेन्दोमाया गायक किर्ती तामाङ, पप गायक शैलेस शाही, हास्य कलाकार विकल तामाङ, लोक तथा म्हेन्दोमाया गायक सन्दिप स्याम्चेन, नृत्यमा मोडेल तथा डान्सर मुन्ना घलेको टिम र मोडेल तथा डान्सर सान्चित तामाङको टिम लगायत एक दर्जनभन्दा धेरै कलाकारहरुले विभिन्न बिदाम आकर्षक गायन तथा नृत्य पस्केर उपस्थित अतिथिहरु र दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।

कला, संस्कृतिको प्रवद्धनका साथै मनोरञ्जन प्रदान गर्ने उदेश्यले आयोजित उक्त कार्यक्रममा सभापति बरिष्ट म्हेन्दोमाया गायक तथा संगीतकार Social Development Foundation का अध्यक्ष हेम वाईबा, अतिथिहरुमा  नेपाली काङ्ग्रेस धादिङका सभसद दिलमान पाखृन र जयमान वाईबा रहेको थियो भने कार्यक्रम संयोजन सुक सगर तामाङले संचालन गरेको थियो ।अन्त्यमा कार्यक्रम सफल पर्न आर्थिक, नैतिक र भौतिक हरेक तवरले सहयोग गर्ने सहयोगी दाताहरु र कलाकारहरुलाई मायाको चिनो र दोसल्लाले सम्मान गरेका थिए ।

img_3455 img_3538