नेपाल पत्रकार महासंघ युएईले स्मारिका प्रकाशन गर्ने

 

image

लक्ष्मण खनाल
अगष्ट १९, युएई। नेपाल पत्रकार महासंघ युएई शाखाले पहिलो पटक स्मारिका प्रकाशन गर्ने भएको छ । आज बरदुबईमा बसेको शाखाको बैठकले उक्त कुराको निर्णय गरेको हो । बैठकले स्मारिका प्रकाशनलाई व्यवस्थित र सफल बनाउन विभिन्न समितीहरु पनि निमार्ण गरेको छ ।

शाखाका अध्यक्ष त्रिलोचन कोइरालाको संयोजकत्वमा लेख तथा अभिलेख संकलन समिती गठन गरेको छ।  सदस्यहरुमा लक्ष्मण खनाल र हरी नेपाली रहेका छन्। शाखाका कोषाध्यक्ष मेघराज सापकोटाको संयोजकत्वमा विज्ञापन तथा आर्थिक संकलन समिती निर्माण गरिएको छ। सदस्यहरुमा एकेन्द्र थापा र भुपराज वस्याल रहेका छन्। शाखाका सचिव लक्षमण खनालको संयोजकत्वमा संघसंस्था समन्वय समिति गठन भएको छ जसको सदस्यहरुमा एकेन्द्र थापा, भुपराज वस्याल, विनोद श्रेष्ठ र निमाकान्त पाण्डे रहेका छन ।
स्मारिका शाखाको निकट भविष्यमा हुन गइरहेको अधिवेसनको अवसरमा लोकार्पण गरीने छ। बैठकले अधिवेशन आगामी नोभेम्बर अन्तिम साता अथवा डिसेम्बर पहिलो हप्ता गर्ने निर्णय गरे पनि मिति तय गरिसकेको छैन ।

सो स्मारिका पत्रकार महासंघ युएई शाखाको रहे पनि नेपाली दूतावास युएईमा रहेका सम्पूर्ण नेपाली संघ संस्थाहरुको सम्पर्क विवरण र अभिलेखहरु राखिने शाखा अध्यक्ष त्रिलोचन कोइरालाले जानकारी दिए । उनले स्मारिका लाई युएईमा रहेका नेपाली र नयाँ आउने नेपालीहरुको लागि प्रभावकारी र अध्ययन गर्न आवश्यक विषयबस्तुहरु रहने पनि जानकारी दिएका छन्।

नेपाल पत्रकार महासंघ युएई शाखाले स्मारिकाको लागी युएईमा क्रियाशिल नेपाली संघ संस्थाहरुलाई आफ्नो बिवरण दिएर सहयोग गरीदिन अनुरोध गरेको छ ।






Related Posts
  • तमु समाज युएईले आउदो जनवरी १० तारिख तमु च्यु ल्होसार भव्यता साथ मनाउदै
  • अञ्जु थोकरको ‘सुन सुन साथी’ सार्वजनिक ( भिडियो सहित )
  • एनआरएनए कुवेतले इराकमा १४ वर्षदेखि अलपत्र परेकी एक नेपाली महिलाको उद्धार
  • नेपाल आदिवासी जनजाती महासंघ युएई द्वारा Learning & People Development तालिम सम्पन्न
  • पछिल्ला सम्प्रेसणहरु

    तमु समाज युएईले आउदो जनवरी १० तारिख तमु च्यु ल्होसार भव्यता साथ मनाउदै

    अञ्जु थोकरको ‘सुन सुन साथी’ सार्वजनिक ( भिडियो सहित )

    एनआरएनए कुवेतले इराकमा १४ वर्षदेखि अलपत्र परेकी एक नेपाली महिलाको उद्धार

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस